रवि लामिछानेले भने -नीति तथा कार्यक्रममा देशमा गरिखाने वातावरण देखिएन

Aadil Times 1+ समाचार ( )
१० जेठ २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको नीति तथा कार्यक्रममा देशमा गरिखाने वातावरण नदेखिएको बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सभापति लामिछानेले सरकारको नीति तथा कार्यक्रममा लगानी भित्र्याउने नीति नभएको बताए ।

उनले सरकारले अनुदान लिनेभन्दा पनि लगानी भित्र्याउने नीति लिनुपर्नेमा जोड दिए । लगानीले रोजगारीको अवसर सिर्जना गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने उनको भनाइ छ ।

उनले स्थानीय तहहरूलाई जवाफदेही बनाउने ठोस कार्यक्रम पनि सरकारले ल्याउन नसकेको बताए । उनले स्वदेशी र विदेशी लगानी प्रबर्द्धन गरी उद्यमशिलतालाई बढावा दिने कुरामा ठोस कार्यक्रम नभएको पनि टिप्पणी गरे ।

प्रतिक्रिया