नेपालको विकास हुँदा भारतलाई पनि फाइदा हुन्छ : भारतीय राजदूत

Aadil Times 1+ समाचार ( )
२० माघ २०७९

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल–भारत मैत्री युवा संघ केन्द्रीय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको विकास भए भारतलाई पनि फाइदा हुने भएकाले भारत सरकार नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न पूर्ण रूपमा लागि परेको बताएका हुन् ।

उनले जनकपुर–जयनगर रेल सेवा विस्तार गरेर जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न भारत सरकार लागि परेको बताए ।

राजदूत श्रीवास्तवले नेपाल–भारतबीचको सम्बन्ध जनस्तरमै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझै सृदृढ बनाउँदै लैजानुपर्ने पनि बताए ।

राजदूत श्रीवास्तवले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनामा थप सहयोग अभिवृद्धि गर्ने दिशामा आफूले सक्दो पहल गर्ने बताए ।

प्रतिक्रिया