राष्ट्रपतिले संविधान नमान्दा नागरिकता विधेयक पारित भएन:शेखर कोइराला

Aadil Times 1+ समाचार ( )
नागरिकता विधेयक पारित नगरेर राष्ट्रपतिले संविधान उल्लंघन...
२० कार्तिक २०७९

विराटनगर । नागरिकता विधेयक पास नहुँदा नागरिक योग्य सर्वसाधारणहरुले गैरनागरिक बनेर बस्नुपरेको पीडा पोखेका छन् ।

चुनाव प्रचार प्रसारका क्रममा विराटनगर ११ पुगेका नेपाली कांग्रेसका नेता एवं मोरङ ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.शेखर कोइरालासमक्ष स्थानीयले नागरिकता पाउन नसक्नुको पीडा पोखे ।

सर्वसाधारणको प्रश्नमा कोइरालाले राष्ट्रपतिले संविधान नमान्दा नागरिकता विधेयक पारित हुन नसकेको जवाफ दिएका थिए ।

विराटनगर ११ को चुनावी सभालाई सम्बोधन गर्दै नेता कोइरालाले सदनबाट दुईपटक पास गरेर पठाएको नागरिकता विधेयक पारित नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको आरोप लगाए ।

मंसिर ४ को निर्वाचनपछि बन्ने यो गठबन्धन सरकारले नागरिकता विधेयक पारित गर्ने पनि उनले दाबी गरे । ‘मैले जितेँ भने सदनमा पुगेर नागरिकता विधेयक पारित गराउन सहयोग गर्छु’ उनले भने ।

विराटनगर ११ का स्थानीयले नागरिकता बनाउन नपाउँदा उमेर पुगेका सर्वसाधारणले राज्यबाट पाउने सेवा सुविधा लिन नपाएको गुनासो गरेका थिए ।

बस्तीलाई डुबानमुक्त पार्न सिंघिया खोलाको तटबन्ध बनाउने प्रतिबद्धता कोइरालाले गरेका थिए । ‘दुहबीदेखि रानीसम्म सिंघिया खोलाको तटबन्ध बनाउनेछौं’ उनले भने, ‘यसका लागि विस्तृत परियोजना प्रतिवेदन बनिसकेको छ, अब ठेक्क लाग्न मात्र बाँकी छ ।’

प्रतिक्रिया