रोटरी क्लब अफ विराटनगर खार्जीमा निशुल्क स्वास्थ्य शिवीर आयोजना गरे

Aadil Times 1+ समाचार ( )
१७ मंगशिर २०७९

रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विपन्न समुदायलाई लक्षितगरि बृहत स्वास्थ्य शिवीर आयोजना गरेको छ ।

रोटरीले विराटनगर ४ खार्जी कोहबरामा रहेको ज्योति आधारभुत विद्यालय परिसरमा बृहत निशुल्क स्वास्थ्य शिवीर आयोजना गरेको हो । शिवीरबाट ५ सय बढी विरामीले निशुल्क स्वास्थ्य सेवा लिएका छन । विराट नर्सिङ होमको प्राबिधिक सहयोगमा आयोजना गरिएको शिवीरमा ६ जना बिशेषज्ञ चिकित्सक सहित २० जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य उपचार सेवा दिएका थिए ।

शिवीरमा स्त्री तथा प्रसुती रोग सेवा,जनरल फिजिशियन,छाला तथा यौन रोग,बाल रोग सेवा सहित नाक,कान,घाँटी लगायतका उपचार सेवा उपलब्ध गराईएको थियो । यसैगरि शिविरमा आएकालाई सुगर र प्रेशर समेत जाँच गरिएको थियो । शिवीरमा सेवा लिएका सबै विरामीलाई उपचार सेवाका साथै निशुल्क औषधि समेत उपलब्ध गराईएको आयोजक क्लबकी सचिव नमिता टिवडेवालाले जानकारी दिनुभयो ।

शिवीर आयोजक रोटरी क्लब अफ विराटनगर डाउन टाउनले यस अघि देखी नै खार्जी कोहबरामा रहेको ऋषिदेव समुदायको बस्तीको अभिभावकत्व लिएको छ । उक्त बस्तीका बासिन्दा विपन्न हुनुका साथै स्वास्थ्य र शिक्षा लगायत सबै क्षेत्रमा पछि परेकाले बस्तीको अभिभावकत्व ग्रहणगरि क्लब मार्फत सामुदायिक उन्नयनका विभिन्न कार्यक्रमहरु आयोजना गरिराखिएको आयोजक संस्थाकी अध्यक्ष रेखा राठीले बताउनुभयो । 

यसअघि बस्तीका बासिन्दाका निम्ति चापाकल जडान तथा शौचालय निर्माणका साथै बस्ती भित्रका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्रि र स्कुल पोशाक समेत उपलब्ध गराईसकिएको अध्यक्ष राठीले जानकारी दिनुभयो । रोटरी डाउन टाउनले बितेको जुलाई देखी खार्जीको उक्त बस्तीको अभिभावकत्व ग्रहणगरि समुदाय लक्षित विभिन्न कार्यक्रम गर्दै आएको छ ।


प्रतिक्रिया