पपुवान्यूगिनीसँग टस हारेर नेपाल बलिङमा

Aadil Times 1+ समाचार ( )
१९ फाल्गुन २०७९

विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत केहीबेरपछि सुरु हुने खेलमा पपुवा न्यूगिनीले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार ६ खेलपछि पहिलोपटक टस हारेको हो। बिहीबार भएको खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै नेपालको ५ खेलको जित यात्रा टुंगिएको थियो।

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले तीव्र गतिका बलर गुलशन झाको स्थानमा आज भीम सार्कीलाई राखिएको छ ।

नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान), सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, भीम सार्की,कुशल मल्ल, आरिफ शेख ।

प्रतिक्रिया