जनयुद्ध स्वीकारेको भए हिस्ट्रीले बाइबाइ गर्न सक्छ : कांग्रेसप्रति योगेशको टिप्पणी

Aadil Times 1+ समाचार ( )
८ जेठ २०८०

नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले कांग्रेसले जनयुद्ध स्वीकार गरेको भए हिस्ट्री सकिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखिएकोप्रति आपत्ति जनाए । २०७२ सालको संविधानपछि ‘जनयुद्ध’ शब्द नेपालको कुनै दस्तावेजमा उल्लेख नभएको भन्दै पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिको मुखबाट जनयुद्ध शब्द वाचन गर्न लगाएको उनले आरोप लगाए ।

उनले बीपी, गणेशमान, किसुनजी पछाडिको गिरिजाप्रसाद जस्ता व्यक्तित्वपछिको कांग्रेस अहिले निम्छरो बनेको उनको छ ।

उनले भने, ‘नीति कार्यक्रमको एक नम्बर बुँदा कांग्रेसले स्वीकार्छ भने कांग्रेसको ‘इन्ड अफ् द हिस्ट्री’ नै भएको हो । हिजो, हाम्रो अध्यक्षले इतिहासले बाईबाई त गर्दैन भन्नुभयो, सी यु लेटर भन्छ भन्नुभयो, नेपाली कांग्रेसको सन्दर्भमा यो अपवाद बन्नेछ । नेपाली कांग्रेसलाई हिस्ट्रीले बाइबाइ गर्न सक्छ ।’


प्रतिक्रिया