उपेन्द्र यादव प्रचण्ड लाइन कै नेता

Logo ३ भाद्र २०७८, बिहीबार ११:२६ | Aadil Times                  

जनता समाजवादी पार्टी (लोकतान्त्रिक) निर्माण भएपछि महन्त ठाकुर निकट नेता कार्यकर्ताहरुले आफुलाई राहत महसूस भएको बताउछन । मलेख घटनाबाट पाठ सिकेर सम्पूर्ण मधेशवादी दल एकठाउँमा हुनुपर्ने सन्देशलाई पुर्णतः दिने प्रयास अंततः विफल भएको नेता रवि दत्त मिश्रा( राजू मिश्रा ) ले बताएका छन ।
लुम्बिनी प्रदेशको प्रतिनिधित्व गरिरहेका राजेन्द्र महतो निकटका नेता मिश्राले उपेन्द्र यादव प्रचण्ड लाइनमा नै मधेशीहरुको भावनालाई कुल्चिन प्रयास गरिरहेको बताएका छन ।

आदिल टाइम्सकर्मी शमशाद आदिल सँग संक्षिप्त कुराकनी गर्दै उनले भने उपेन्द्र यादवले ‘ संविधान संसोधन हैन पुनर्लेखन’ को मांग गर्दै आएका थिए तर संविधान संसोधन विरोधीहरुसँग गठजोड़ गर्दै सत्ताको गोटी बारम्बार बनिरहेका छन ।

ओली सरकारमा रहेर उपेन्द्र यादवले अठार महीनामा गर्न नसकेको काम हामीले अठार दिनमा मधेशी भावनालाई सम्बोधित हुनेगरी गरेर देखाईसकेको सर्वविदितै रहेको नेता मिश्राले बताए।

राजू मिश्रा -फ़ोटो फाइल

नया शक्ति पार्टीका एक सीटे बाबूराम भट्टराई नै पहिलो संविधान निर्माण देखि मधेशी नेतृत्वलाई खण्डिकरण गर्दै आएका नेता हुन । भट्टराई नै वर्तमान संविधान निर्माण गर्ने प्रमुख पात्र हुन र आज उनकै पछाडि संसोधनको नाममा मधेशीहरुलाई गुमराह हुदैछन । उपेन्द्र यादव र  भट्टराईको बोली र व्यवहारमा एकरूपता कहिल्यै पनि नरहेको नेता मिश्राले आरोप लगाए।

जसपा लोकतान्त्रिक समूह अठार दिन मात्र सरकारमा सहभागी हुदा संविधान संसोधन कार्यदल गठन गरेर अंतरराष्ट्रीय स्तरमा संविधानलाई संसोधनको अपरिहार्यता रहेको प्रष्ट पारी सकेको छ। स्वर्गीय गजेन्द्र नारायण स्मृति प्रतिष्ठानको निर्माण , कलेजहरुको स्थापना र नागरिकता विधेयक पारित गराउन र मधेश आन्दोलनमा लागेका झुट्ठा मुद्दाहरुको ख़ारेजी गर्ने महत्वपूर्ण कामले जसपा लोकतान्त्रिक नै मधेशीहरुको मांग पूरा गराउन सक्ने पार्टी रहेको छाप जनतामा बनाई सकेको कुरा नेता मिश्रा ले बताए ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news