‛ समय आपकी मुट्ठी में’ नेपाली सारांश – शमशाद आदिल ,

Logo २९ श्रावण २०७८, शुक्रबार १०:३३ | Aadil Times                  

संक्षिप्त सारांश

“ समय आपकी मुट्ठी में ” डाक्टर विजय अग्रवाल द्वारा लिखित हिन्दी भाषाको यो एउटा महत्वपूर्ण किताब हो। सन २००४ मा प्रथम संस्करण प्रकाशित भएको ‛ समय आपकी मुट्ठी में ’ किताब हजारौं युवाहरुलाई आफ्नो लक्ष्य हासिल गर्ने अभिप्रेरित गरिरहेको छ। सफलता र असफलता बीच विभाजन गर्ने रेखा समय नै हो ।

लेखकले आफ्नो बाल्यकाल सम्झिदै कृतज्ञता ज्ञापन गर्दै प्रथम पृष्ठमा उनको हजुर आमाको लयात्मक आवाजलाई समेटेका छन
उठ जाग मुसाफिर भोर भई,अब रैन कहाँ जो सोवत है ।’
जो सोवत है,सो खोवत है जो जागत है सो पावत है’।
उनले यो गीतलाई समय प्रति सचेत गराउने हजुर आमाको संस्कारलाई प्रशंसा गरेका छन।

किताबमा एघार वटा अध्याय राखेर समयको बड़ो सहज शैलीमा शल्यक्रिया गरेका छन।
हामी जे जति छौं वस्तुतः समय नै हो भन्ने सन्देश प्रथम अध्यायमा समय को परिचय गराएका छन ।
ऊनि आफ्नो किताबमा लेख्छन ‘ सत्यमय यदि समयलाई मिश्रण गराइयो भने संसार बनि हाल्छ। जो कसैले समयको सम्मानलाई गरेका छन ,समयले पनि उसलाई सम्मानित गराएको छ ‘।

मानिसको व्यवहारिक जीवनका अनेकौँ विषय वस्तु उठान गरेर किताब मार्फ़त स्वयम पाठक वर्गमा क्रांति उत्पन्न गराएका छन ।
समय स्वयम व्यक्तिहरुमा निहित हुन्छ र आफ्नो समयलाई उपयोग गर्न अरु कसैलाई हावी हुन दिनु हुदैन भन्ने सन्देश दिएका छन ।

नेलसन मण्डेलाले भनेका थिए ‘ आफ्नो समयको बारेमा शंका गर्नु हुदैन ’। त्यस्तै ओमानका एकजना सुल्तानले भनेका छन ‘ जति बेला म सोच्छु की – म थाकी हालें , म थाकी हाल्छु ’ ।
डाक्टर अग्रवाल किताबमा लेख्छ्न सफलतामा ९९प्रतिशत श्रम हुन्छ र एक प्रतिशत मात्र प्रतिभा हुन्छ ।

अर्थात समय लगाएर श्रम गर्नुहोस प्रतिभाले मात्र हुदैन। समयले नै प्रतिभालाई स्थान दिलाउने गर्छ ।

जीवनमा परिवर्तन सानो हुन्छ तर परिणाम त्यसको ठुलो हुनेगर्छ ।

हामी पानी बनाउन सक्छौँ । हावा बनाउन सक्छौँ। आकाश बनाउन सक्छौँ ।यदि हामी केहि बनाउन सक्दैनौँ भने त्यो केवल मात्र समय हो ।

२८७पेजमा लिखित अग्रवालको उक्त किताबमा लेखिएको छ ‛ तपाई समयको हुनुहोस , समय तपाईको भई नै हाल्छ।

स्वयमलाई व्यवस्थित गर्नु भनेको समयलाई व्यवस्थित गर्नु हो ।

दैनिक जीवनमा प्रयोग हुने अनेकौँ शब्दले पनि मानसिक रुपमा धेरै असर पारी रहेको हुन्छ ।
उनले एउटा उदाहरण दिदै भन्छन कि हामीले (जल्दी) छिटो शब्दको सट्टा तुरन्त शब्द प्रयोग केहि हद सम्म ठीक छ । किन भने छिटो गर्नाले ढिलो हुने गर्दछ ।

समय आपकी मुट्ठी में यो हिन्दी भाषामा लेखिएको डाक्टर विजय अग्रवालको किताब आजको हरेक मानिसले पढ्नु पर्ने एक किताब हो । यसले अवश्य नै तपाइको व्यवहारमा गर्नु पर्ने सुधारबाट अवगत गराउछ।
यसकिताबको मुख्य विशेषता भनेको मानिसहरु घरायसी जीवन, कर्मचारी जीवन,युवा अवस्था, राजनैतिक क्षेत्र लगायत ठाउँमा मानिसले गरिरहेका सानो सानो गलती ले कस्तो ठुलो मोड़ लिने गर्दछन भन्ने कुराको बयान गरेका छन। किताबको एक एक वाक्यले पाठकलाई स्वयम आफ्नो समीक्षा गर्न उद्घोष गर्ने गरेको छ । जीवनमा एकचोटी अवश्य डाक्टर विजय अग्रवाललाई पढ़ौँ ।

 

शमशाद आदिल

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news