मंगलवार पनि शेयर बजारमा पहिरो

Logo १२ आश्विन २०७८, मंगलवार १६:२० | Aadil Times                  

शेयर बजारमा मंगलवार पनि गिरावट आएको छ ।

यस दिन नेप्से परिसूचक ७०.०१ अंकले घट्दै २६१५.४० विन्दुमा झरेको छ ।

यस्तै सेन्सेटिभ सूचक पनि यस दिन ११.४२ अंकले घट्दै ४९४.९१ विन्दुमा झरेको छ ।

यस दिन कारोबार रकम पनि निकै घटेको छ । कारोबार रकम मंगलवार ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार रुपैयाँमा सिमित भएको छ ।

कुल २ सय १८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १ सय ७९ रुपैयाँ बराबरमा कारोबार भएको छ ।

यस दिन सबै समूहहरूको सूचक ऋणात्मक छन् । सबैभन्दा धेरै फाइनान्समा ७.३७ प्रतिशतको गिरावट आएको छ ।

बजार ऋणात्मक रहे पनि मंगलवार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

यस्तै मैलुङ खोला जलविद्युत आयोजनाको शेयर मूल्य पनि १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

मंगलवार ९ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

जसमध्ये नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, हिमालयन पावर पार्टन लिमिटेड, गुर्खाज् फाइनान्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news