कुरा सद्दाम हुसेनकाे

Logo २४ भाद्र २०७८, बिहीबार ०८:०२ | Aadil Times                  

– नजिबुल्लाह अन्सारी,
सद्दाम हुसेन ईराकका सबैभन्दा शक्तिशाली पाँचौं राष्ट्रपति थिए। उनले २६ लीटर आफ्नै रगतले  कुरआन लेख्न लगाए । त्याे आज पनि ईराकमा छ। आफ्नाे  कार्यकालमा उनले धेरै नि:शुल्क हस्पिटल, बिद्यालय र मस्जिदहरू निर्माण गरे। उनको शासनकालमा ईराकको अर्थव्यवस्था निकै बलियो भएको थियाे । सद्दामको कार्यकालमा ईराकका जनता सबैभन्दा राम्राे  जीवनयापन गरेका थिए ।
सन् १९८० मा युनाईटेड नेशन्सले सद्दामलाई युनेस्को अवार्डले सम्मानित ग-याे ।

फ़ोटो सद्दाम हुसैन, फाइल

उनले निर्माण गराएको उमुल्मारी मस्जिदलाई अझै पनि पर्यटकहरु टाढाटाढाबाट हेर्न आउँछन् । याे  मस्जिदकाे मिनार स्कड मिसाइलको आकारमा छ जुन मिसाइलद्वारा सद्दामले इजरायलमा हमला गरेका थिए। त्यस मस्जिदका मिनारहरु ४५ मी. अग्ला छन् र आज पनि शत्रुको मुटुमा त्यसकाे डर पसिरहेकाे छ ।
ईराकको विकासकालागि सद्दाम हुसेनले जे गरे आजसम्मको इतिहासमा त्यति विकास कसैले गर्न सकेकाे छैन । उनको शासनकालमा ईराक विज्ञान प्रबिधिकाे क्षेत्रमा निकै विकसित मानिन्थ्याे । उनले कैयाैं ल्याबहरु निर्माण गरे जसले एकसेएक वैज्ञानिक उत्पादन गरे । उनको शासनकालमा ईराकले आधुनिक मिसाइलहरुको निर्माणमा सफलता हासिल गर्‍यो। अन्तर्राष्ट्रिय म्यागेजिन न्यु इन्टरन्यासनलिष्ट  अनुसार ईराक सद्दामको शासनकालमा सबैभन्दा सम्पन्न मुलुक थियो। उनले धेरै बाटा र विद्यालयहरू निर्माण गरे । उनको शासनकालमा ईराकमा शिक्षा सबैलाई अनिवार्य गरियो; हरेक नागरिकलाई ओैपचारिक पढाइ अनिवार्य थियाे । उनको लोकप्रियताले सबै रेकर्ड  तोडेकाे थियाे ।
उनी आफ्नो समयमा अरब देशका सबैभन्दा शक्तिशाली ब्यक्ति थिए। अमेरिकाले कैयौंपटक सद्दामको हत्याको प्रयास गरेको थियाे । त्याे भएर सद्दाम हुसेन कतै बाहिर निस्किनु पर्दा आफूसँग मिल्दाे अनुहार र जीउडाल भएकाे ब्यक्ति (हमसकल) लाई गाडीमा पहिला पठाएर अनि मात्र आफू निस्किने गर्थे । उनी पहिला मानिस थिए जसलाई बैज्ञानिकद्वारा परीक्षण गराएर मात्र खानपीन गराइन्थ्याे ।
सद्दाम हुसेनले ईराकलाई विश्वको सबभन्दा बलियो राष्ट्र बनाउनकानिम्ती आफ्नो पूरा जीवन अर्पण गरका थिए । उनी कहिल्यै पूरा निन्द्रा सुतेनन् । सद्दाम हुसेन राति कहाँ हुन्थे कसैलाई थाहा हुँदैन थियाे ।
सद्दामले आफ्नो देशमा कडाइका साथ कानून लागू गरे । उनको शासनकालमा नेताहरुलाई भोगबिलाशी जीवनयापन गर्न सख्त  मनाही थियो। उनले आफ्नो सरकारबाट क‌ैयाैं मन्त्रिलाई यसकारणले निलम्बित गरे कि  उनीहरु आफ्ना लक्जरी गाडीमा साजसज्जा गरेर रवाफका साथ  मन्त्रालय आए ।
सद्दाम हुसेन फिजिक्स, इतिहास र मिलिटरी साइन्समा पाेख्त थिए ।  उनको शासनकालमा ईराक मिलिटरी साइन्सको क्षेत्रमा उचाईमा पसगेकाे थियाे । उनको लाइब्रेरीमा संसारभरिका इतिहास र बिज्ञान विषयका पुस्तकहरू उपलब्ध हुन्थ्याे । उनी स्वयं पनि एक लेखक थिए। उनको लेख आज पनि संसारभर पढिन्छ ।
सद्दाम हुस्सेनको जन्म सन् १९३७ अप्रिल २८ का दिन तिक्रित शहरमा भयो। यो त्यही शहर हो जहाँ कुनै बेला सलाउद्दीनअय्युबीजस्ता  बहादुर जन्मेका थिए। हुसेनको जन्मअघिनै उनका पिताकाे देहान्त भएको थियो । उनको पालनपोषन आमाले गरे । उनका काकाले उनलाई बग्दाद लगे । त्यहाँ उनले शिक्षा हासिल गरे । उनले टेक्नोलोजीको पनि शिक्षा हासिल गरे । उनी केही समयमै ईराकको कमाण्डर बन्न पुगे। उनले विश्वको प्रसिद्ध विश्वबिद्यालय जामिया अल्  काहिरामा तालिम हासिल गरे। यही विश्वबिद्यालयमा मुहम्मद मुर्सी र यासिन आर्फा जस्ता राजनेता जन्मेका थिए।
सद्दाम हुसेन न्याय दिने शासककाे रूपमा चिनिए ।  एकपटक उनकाे  छोराबाट गोली चली एउटा समारोहलाई क्षति पुग्दा उनले आफ्ना छोराका सबै रोल्स रोइस गाडी जलाइदिएका थिए ।
सद्दाम हुसेन ईराकका सबैभन्दा दानी ब्यक्तिमध्ये एक थिए। उनले अमेरिकाको एउटा चर्चलाई करोडौं रकम दान गरे । फलत: अमेरिकाका  जनातले उनलाई डेट्रोइट शहरको साँचो प्रदान गरेका थिए ।
कमै मान्छेलाई थाहा छ कि सद्दामले आफ्नो रगतले कुरआन लेख्न लगाएका थिए। यसका लागि उनले लगातार तीन वर्षसम्म रगत दिए । त्याे कुरआन आज पनि मुलमारी मस्जिदमा  यथावत छ।
सद्दामको सबैभन्दा ठूलो गल्ती कतारमाथि हमला गर्नु थियो। उनलाई कसैद्वारा गलत खबर पुगेको थियो कि कतारले ईराकको तेल चोर्दैछ । उनकाे कतार हमलाले गर्दा पूरै अरब जगतमा डर र त्रासको वातावरण सिर्जना भयो । इस्लामी  राष्ट्रहरु दुई भागमा बाँडिए ।
सद्दाम हुसेनको फैसला र चुनाव निष्पक्ष हुने गर्थ्यो तर पनि उनलाई आफ्नाे फैसलाको पश्चत्ताप हुने  थियो। सद्दाम हुसेनले एक वर्षमै ईराकमा बिज्ञान र प्रबिधिमा धेरै उन्नति गरे जसले गर्दा अमेरिकालाई डर हुन थाल्यो कि कहीँ ईराकले परमाणु बम बनाउन सफलता पाउने त हाेइन ? त्यही कारणले अमेरिकाले ईराकमा हमला गर्‍यो । अमेरिका र ब्रिटेनले सद्दाम हुसेनलाई १५८ जनाको हत्या र परमाणु बम राखेको भन्ने आरोप लगाए र ईराकमा आफ्नो सेना तैनात गरे। जर्ज बुशको आदेशले सद्दाम हुसेनमाथि मुद्दा चलाइयाे । यसकाे मूल उद्देश्य  ईराकलाई तहसनहस पार्नु र  प्यालेस्टाइनको स्वतन्त्रतालाई रोक्नु थियो । सद्दामकाे पक्षमा बहस र वकालत गर्ने उनका दुई वकिललाई मृत्युदण्ड दिइयाे ।  सद्दाम हुसेनको मुद्दाको फैसला सुनाउनुअघि अदालतका न्यायधीशहरूलाई हेरफेर गरियाे र त्यही भयो जे अमेरिकाले चाहेकाे थियाे ।

तस्वीर एन बी सी

सद्दाम हुसेनलाई ३० डिसेम्बर,  २००६ का दिन फाँसीको सजायँ  सुनाइयो। सद्दाम हुसेनले वजू गरे, नमाज अदा गरे र कुरआन पढ्दै फाँसीकाे प्लेटफर्मतिर बढे। उनको दायाँ हातमा कुरआन र बायाँ हातमा तस्बीह थियो। फाँसी लाग्नुअघि  उनले जल्लादलाई कुरआन दिए र अल्लाहु अकबर भन्दै फाँसीमा झुण्डिए । उपस्थित भीडमा त्रासको माहोल थियाे तर सद्दामको अनुहारमा प्रफुल्लता र शान्ति थियो। उनलाई फाँसी दिने दिन इस्लाम धर्मावलम्बीहरुको चाड बक्र ईद थियो। एकतर्फ मुस्लिमहरु जनावरहरुलाई कुर्बानी दिइरहेका थिए भने अर्कोतर्फ अमेरिकाले सद्दामलाई बली चढाइरहेकाे थियाे । फाँसी चढ्नुअघि उनको अनुहारमा कुनै डर थिएन । उनले कुरआनका  आयतहरु भट्याइरहेका थिए । सद्दाम हुसेनले फाँसीको समयमा लगाउने लुगा पनि लगाएनन्। सद्दाम हुसेन पहिलो ब्यक्ति थिए जसको मृत्‍यु संसारभरिका मानिसहरुले देखे । त्यहाँ खटिएका सबै सुरक्षाकर्मी रुन थाले किनभने उनीहरुले इतिहासमा अहिलेसम्म उनीभन्दा राम्रो ब्यक्ति देखेका थिएनन् ।  इतिहासमा पहिलोपटक एउटा इराकी राष्ट्रपतिको मृत्‍युको कारण अमेरिकी सेनाहरुको आँखामा पनि आसुँ थियाे । उनलाई फाँसी दिंदा अमेरिकी सुरक्षाकर्मी एदोल्फ रोजेर्सनले रुँदै भने, “हामीले सद्दामसँग धोखा गरेका छौं । हामी हत्यारा हाैं ।
सद्दाम हुसेन मान्छेका मनहरुमा राज गर्न सफल थिए । जब उनलाई फाँसीको सजायँ सुनाइयो तब धेरै अमेरिकी सैनिकहरुले आफ्नो पदबाट रजीनामा दिए। सद्दाम हुसेन भारतका निकट मित्र थिए र भारतका तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीले उनका छाेराहरुको नाम राखेका थिए। अमेरिकी जासुसी एजेन्सीका अनुसार सद्दाम हुसेन केही दिन अरू जीवित रहेका भए मस्जिदे अल् अक्सा मुसलमानहरुको अधीनमा हुने थियाे । अमेरिकाले सद्दामलाई फाँसी दिन सफल भए पनि मानिसहरुको मनबाट उनलाई मार्न सकेन। साँचो कुरा त यो हो कि आज पनि सद्दाम हुसेन मानिसहरुको मन-मस्तिष्कमा ज्युँदै छन्।
( सम्पूर्ण अधिकार लेखकमा निहित छ )
gorkhali-news

सम्बन्धित खबर


gorkhali-news