सुनसरी प्रहरी बन्दीगृहभित्र भएकाे हकिम मियाँ मृत्यु प्रकरण सम्बन्धमा उच्च स्तरीय छानबिनकाे माग

Logo ३० आश्विन २०७८, शनिबार १७:१६ | Aadil Times                  

सुनसरी घटनाकाे उच्च स्तरीय छानबिन हुनुपर्छ – माेर्चा मुस्लिम मुक्ति माेर्चा नेपालकाे प्रदेश १ काे बैठकले गए साता सुनसरी प्रहरी बन्दीगृहभित्र भएकाे हकिम मियाँ मृत्यु प्रकरण सम्बन्धमा उच्च स्तरीय छानबिनकाे माग गर्ने निर्णय गरेकाे छ ।

आज बिहान इटहरीमा बसेकाे माेर्चाकाे प्रदेश समिति बैठकले घटना भएकै दिन जिल्ला प्रहरी कार्यालयमा गठित छानबिन समिति खारेज गरी जिल्ला प्रहरी कार्यालयमा कार्यरत् सम्पूर्ण प्रहरीहरूकाे समेत छानबिन हुने गरी उच्च स्तरीय छानबिन समिति गठन गरी छानबिनकाे दायरा बढाउन सरकारसँग अपील गर्ने निर्णय गरेकाे छ ।

माेर्चाकाे बैठकले आक्राेस भीड र प्रदर्शनले विष्णु शर्मा (केटीका पिता) काे घरमा आक्रमण गरी आगाे लगाउनुलाई गलत कदम भएकाे ठहर गर्दै यस प्रकरणमा बैज्ञानिक छानबिनलाई अन्यत्र माेड्न खाेजिएकाे समेत आराेप लगाएकाे छ ।

बैठकपछि माेर्चाका प्रदेश १ ईञ्चार्ज तथा पूर्वमन्त्री जाकिर हुसैनले वर्तमान छानबिन समिति धाेका हाे भनेका छन् । उनले छानबिनलाई मत्थर पार्न छद्म शक्तिले साम्प्रदायिकता र धार्मिक सद्भावकाे विषयतर्फ आम जनताकाे साेचलाई माेड्न खाेजेकाे आराेप लगाएका छन् । माेर्चाकाे बैठकमा माेर्चाका नेताहरूले माओवादी पार्टीमा लागेकाे नेता कार्यकर्ताहरूले पिडित जनताकाे आवाज उठाउन पछि हट्न नहुने विषय चर्काे रूपमा उठेकाे उनले बताए ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news