राजधानी काबुलमा चारैतिरबाट प्रवेश गरे तालिबान लडाकू

Logo ३१ श्रावण २०७८, आईतवार १५:१६ | Aadil Times                  

taliban enters kabul

तालिबान लडाकूहरू अफगानिस्तानको राजधानी काबुलमा चारैतिरबाट प्रवेश गरेको अफगानिस्तानको गृहमन्त्रीले आइतवार बताएको खबर विभिन्न सञ्चारमाध्यमले दिएका छन् ।

अहिले काबुलमा साइन बजिरहेको र विभिन्न ठाउँमा गोली चलेको बताइएको छ । शहरको मध्यभागमा अनेकौं हेलिकप्टरहरू उडिरहेका छन् ।

तालिबानले काबुललाई बलपूर्वक नियन्त्रणमा लिने कुनै योजना नरहेको बताएको छ । आफ्ना लडाकूहरू काबुलको बाहिरी भागमा पुगेको भनी उसले बयान जारी गरेर बताएको छ ।

‘जीवन, सम्पत्ति तथा सम्मानलाई सम्झौता नगरिकनै संक्रमण प्रक्रिया सुरक्षित तवरले सुनिश्चित गर्न कुराकानी चलिरहेको छ । काबुलीहरूको जीवनमा कुनै सम्झौता गरिने छैन,’ तालिबानले बतायो ।

‘इस्लामिक अमिरातले सबै लडाकूहरूलाई काबुलको द्वारमा उभिन अनि शहर नपस्न भनेको छ,’ तालिबानले एक प्रवक्ताले ट्वीट गरी बताए । तर काबुलका स्थानीयहरूका अनुसार, लडाकूहरू शान्तिपूर्ण तरिकाले शहरमा पसेका छन् ।

आत्तिएका कर्मचारीहरू सरकारी कार्यालय भवन छोडेर भागेका छन् । हजारौं सर्वसाधारण काबुलका पार्क र खुला ठाउँमा बसिरहेका छन् । उनीहरूलाई भविष्यको भय छ ।

तीनजना अफगान अधिकारीहरूले दी एसोसिएटेड प्रेसलाई लडाकूहरू काबुलको कालाकान, काराबाग र पागमानमा प्रवेश गरिसकेको बताए ।

काबुल पुग्दै गर्दा तालिबानले लडाकूहरूलाई हिंसा नमच्चाउन र शहर छोडेर जान चाहनेलाई सुरक्षित यात्रा गराउन भनेको छ । महिलाहरूलाई सुरक्षित स्थानतर्फ जान पनि भनेको छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news