अफगानिस्तानमा आजै नयाँ सरकार घोषणा गर्ने तालिबानको तयारी

Logo १७ भाद्र २०७८, बिहीबार १४:५२ | Aadil Times                  

अफगानिस्तानमा तालिबानले बिहीबार नयाँ सरकारको घोषणा गर्न सक्ने जनाइएको छ । बीबीसीले तालिबानका वरिष्ठ नेता अहमदुल्लाह मुत्तकीले राष्ट्रपति भवनमा एक समारोहको तयारी भइरहेको जानकारी दिएको उल्लेख गरेको छ । उनले सामाजिक सञ्जालमा सो जानकारी दिएका छन् ।

तालिबानका वरिष्ठ अधिकारीहरुले केही दिनपहिला अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा तालिबानका सर्वोच्च नेता मुल्ला हिब्तुल्लाह अखुन्दजादाको नेतृत्वमा एक शासकीय परिषद् गठन हुन सक्ने बताएका थिए ।

मुल्ला हिब्तुल्लाका तीनजना उपप्रमुख छन् । तालिबानका संस्थापक मुल्ला उमरका छोरा मौलाभी याकूब, हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दीन हक्कानी र तालिबानका संस्थापक सदस्य मध्य एक अब्दुल गनी बरादर उपप्रमुख हुन् ।

गत अगस्ट १५ मा तालिबानले काबुललाई कब्जामा लिएको थियो । ३१ अगस्टमा अमेरिकी सेना पूर्णरुपमा अफगानिस्तानबाट फर्किसकेको छ । विगत १५ दिनयता अफगानिस्तान तालिबानको नियन्त्रणमा रहे पनि नयाँ सरकार भने बनाइएको छैन ।

(एजेन्सी)

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news