इन्द्रजात्राको लिङ्गो शनिबार बिहान ठड्याइँदै

Logo १ आश्विन २०७८, शुक्रबार २१:३२ | Aadil Times                  

वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान असोज २ गते शनिबार बिहान ६ः५१ बजेको साइतमा गर्ने तयारी भएको छ ।

इन्द्रध्वजोत्थानको सबै तयारी पूरा भएको छ । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । असोज ८ गते नानिचा यात्रा गरिनेछ । त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news