प्लस टू मा कानून किन पढ्नु पर्छ ? अप्सरा झाक्री मगर

Logo २७ असार २०७८, आईतवार ०९:३७ | Aadil Times                  

कानुनको अनभिज्ञता क्षम्य हुदैन । भर्खरै एस इ इ गरेको भाइबहिनिरुलाई यो के भनेको होला भन्ने लाग्छ होला । वास्तवमा भन्नु पर्दा तपाइले गलत अथवा गैरकानुुनीकाम गर्नु भयो भने मलाई थाहा नै थिएन भनेर उम्किन पाउनुहुन्न र उक्त काम बापत तपाईले कानुन बमोजिम सजाय अथवा क्षतिपुर्ति ब्यहोर्नु पर्ने हुन्छ, तसर्थ गैरकानूनि काम क्षमायोग्य हुदैन । त्यसैले कानुनलाई सतहि रुपमा कहिल्यै बुझ्नु हुदैन, यो विषयको हामिले गहिरो अध्ययन गर्नुपर्ने हुन्छ ।
सरल रुपमा भन्नु पर्दा कानुन भनेको नियम हो । केहि कुरा गर्नुपर्छ, अथवा गर्नुहुदैन भनेर बाउन्डरि सेट गर्नु हो । कानुनले हामिलाई धेरै हक अधिकार दिएको हुन्छ । हामि जन्मे देखि मृत्यु सम्म हरेक पक्षलाई कसरि चलाउने भन्ने कुराको ब्यवस्था कानूनले गरिदिएको हुन्छ । एउटा मानव आमाको पेटमा हुर्केपछिको क्षण बाट उस्को मृत्यू पश्चात सम्मको कुराको ब्यवस्था समेत कानूनले नै गरिदिएको हुन्छ । उदाहरणका लागि मानौं एउटा आमा गर्भवति भईन सोहि क्षण बाटै शिशुको बाँच्न पाउने हक, सम्पतिको हक ईत्यादि जोडिन पुग्छन् । त्यसैगरि उस्को मृत्यु भयो भने बिधि अनुुसार काजक्रिया र अन्तिम संस्कार गरिदिनु पर्ने अधिकारहरु हुन्छन् । यि हक अधिकार प्रयोग गरेबापत हामी नागरिकले कर्तब्यहरु पूरा गर्नुपर्ने हुन्छ । यहि हक अधिकार र कर्तब्यहरुले हामीलाई कानूनको रुपमा राज्यले बांधेर राखेको हुन्छ ।
म आफै पनि प्लस टु मा ल पढेको विद्यार्थि हो । पछि गएर कानूनको क्षेत्रमा योगदान गर्छु अथवा मानव अधिकारको पक्षमा बोल्छु, आवाज विहिन हरुको आवाज बन्छु , देशमा भईरहने राजनैतिक अराजकतालाई कानूनगत नियमन गर्छु , विभिन्न अन्तरदेशिय कुटनैतिक मुद्दा मामिलामा देशको हित हुने पक्षमा बोल्छु , विभिन्न खाले अपराधहरुको नियन्त्रण तथा नियमन गर्छु , फ्यामिलि ल तर्फ काम गर्छु भन्ने बिचार छ भने तपाई प्लस टु बाटै ल पढ्नु भयो भने सर्बोत्तम हुनेछ ।
सन् २०१२ मा नै विभिन्न शैक्षिक सँस्थानहरुले नेपालमा प्लस टु मा ल राख्नुपर्ने माग राखेका थिए । यसै तथ्यलाई ध्यानमा राखि उच्च माध्यमिक शिक्षा परिषदले विद्यार्थि हरुलाई कानून के हो , कानूनका स्रोतहरु के के हुन् , मौलिक अधिकार र कर्तव्य के हो , मानव अधिकार के हो , संबिधान के हो , भन्ने लगायतका विषयमा आधारभूत ज्ञान दिने उद्देश्यले कक्षा ११ र १२ को लागि सन् २०१५ मा कानून विषय समावेश गराएको हो ।
यदि तपाई ब्याचलरमा बी ए एल एल बी गर्ने सोचमा हुनुहुन्छ भने प्लस टु बाटै ल गर्दै जादा के फाईदा हुन्छ भने तपाईले कानूनको अर्थ र महत्व , नेपालको कानून जस्तै स्
( संबिधान , ऐन , नियम , विनियम , आदेश , नजिर, अधिकार र कर्तब्य , नेपालको संबिधानको ईतिहास र संबिधान निर्माण प्रकिया , अन्तराष्ट्रिय कानून ईत्यादि विषयमा तपाई पहिलै नै जानकार र अपडेट रहिरहनुहुन्छ , जसले तपाईलाइ चनाखो रहिरहन मद्दत गर्छ ।
प्रचलित नियम अनूसार प्लस टु ल गर्नका लागि मिनिमम पनि म्ं ग्रेड हुनुपर्छ । प्लस टु ल कलेजहरु काठमाडौंका विभिन्न ठाउँमा , भक्तपुरमा , बुटवलमा रहेका छन् । कानूनले नै व्यक्ति , परिवार , समाज र राष्ट्रलाई नियन्त्रित र नियमित ढंगले सञ्चालन गरिरहेको हुन्छ त्यसैले आजको दिनमा कानूनका बारेमा जानकारि हासिल गर्नु सबैको आवश्यक्ताको विषय हो ।
एउटा कुशल लेखक र प्रष्ट वक्ताको सम्मिश्रण नै वकिलको पहिचान हो । तर मलाई भाषण गर्न आईहाल्छ भन्ने भ्रममा मात्र ल अर्थात कानून पढेर हुदैन , तपाई कठोर रिसर्चकर्ता पनि हुनुपर्छ । लजालु स्वभावको हुनुहुन्छ भने बढि भन्दा बढि कार्यक्रममा सहभागि हुनुपर्छ । समाजमा एकआध मान्छेले फलाना त सुनलाई लसुनको मूद्दा बनाउने विषय पढेछ, भन्ने हरुपनि छन्, त्यसतर्फ ध्यान नदिएर राम्रा पक्ष तर्फ ध्यान दिनुहोला । र अन्त्यमा वडा देखि केन्द्रसम्म प्राईभेट देखि सरकारि स्तरसम्म कानून पढको ब्यक्तिको खाचोँ पर्ने हुनाले मिहिनेत गरियो भने हाम्रो भबिष्य सुनौलो छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news