नेपालाई दोस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट

Logo २८ भाद्र २०७८, सोमबार १७:१९ | Aadil Times                  

ओमानमा जारी क्रिकेट विश्वकप लिग–२ मा सोमबार नेपाल र अमेरिकाबीच खेल भइरहेको छ ।

ओमानको अल अमिरात मैदानमा जारी खेलमा पहिला बलिङ गरेको नेपालले दोस्रो सफलता प्राप्त गरेको छ । दोस्रो सफलताका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिएका हुन् । उनले एलविडब्ल्यूमा एस जे मोडानीलाई आउट गरे ।

नेपालका विक्रम सोबले पहिलो विकेट लिएका थिए । सोबले अमेरिकी ओपनर स्टेभन टेलरलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका छन् ।

अमेरिकाले ११  ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा ५६ रनका साथ खेलिरहेको छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news