कौन दिशा मे लेके चला रे बटोहिया (आत्मवृत्तान्त-०२)

Logo १६ भाद्र २०७८, बुधबार ११:३६ | Aadil Times                  

zakir-hussain-02

आत्मवृत्तान्त-०२

कक्षामा प्रथम हुनु मेरो लागि सामान्य कुरा थियो । म सिधा दुई कक्षामा भर्ना भएको थिएँ । त्यति बेलादेखि नै म कक्षामा प्रथम भएको थिएँ । मेरो अध्ययन गर्ने शैली निकै अचम्मको थियो । म फस्ट ब्वाय भए पनि कक्षाबाट टिफिनको समयमा भाग्ने, प्रायः स्कुल नजाने, टोलमा केटाकेटीहरूसित गुच्चा,खोपी, छिया खेल्ने र सिनेमा हल जाने आदि बानी थियो । टोलको माहौल नै त्यस्तै त्यस्तै थियो । गाउँमा शिक्षित मान्छे छँदै थिएन ।

“म परीक्षाको बेला रातरात भर पढेर पुरै किताब खाइदिन्थें । एकपटक पढेपछि, दिमागमा उत्रन्थ्यो । फुल कन्फिडेन्स आउँथ्यो । एकजना सुकदेव साह सरले मलाई सात कक्षामा एकपटक ७५ पूर्णांकको विज्ञान विषयको परीक्षामा ७६ अंक प्रदान गर्नुभएको थियो । कक्षामा उहाँले हौसला बढाउन हँसाउँदै भन्नुहुन्थ्यो, ‘जाकिरको घरमा राति चोर आउदैन । भाले बस्दासम्म ऊ कराई कराई पढ्छ ।’ खरले छाएको मेरो निकै सानो थोत्रो छाप्रोमा के चोर्न चोर पस्थ्यो र ? हो, परीक्षाको समयमा टुकी बालेर बिहानसम्म ठूलो आवाजमा पढ्ने मेरो बानी अचम्मकै थियो ।”

-Advertisement-

scholarship-gorkhalinews

७०–८० परिवारको बस्तीमा हामी ४–५ जना केटा बिद्यालय जाने गथ्र्यौं । केटी मान्छे बिद्यालय जानु त निकै परको कुरा थियो । मेरी निरक्षर आमाले दुईटा बहिनीलाई बिद्यालय पठाउन चाहिन् तर आर्थिक कारणले उहाँको त्यो अभिष्ट कहिल्यै पूरा भएन । हाम्रा बहिनीहरू पनि निरक्षर नै रहिन् । गाउँकै सामुदायिक बिद्यालयमा पढ्थें । घरबाट खेतैखेत हिंडेर पाँच मिनटमा बिद्यालय पुगिन्थ्यो । वर्षमा मुश्किलले मेरो हाजिरी सयदेखि एक सय बीस दिन हुन्थ्यो होला । तर, अचम्मको बालमनोविज्ञान थियो । त्रैमासिक, अद्र्धवार्षिक वा वार्षिक परीक्षाको एक हप्ताअघिदेखि म स्वस्फूर्त रूपमा नियमित रूपमा कक्षा जान थाल्थें । ती समयहरूमा म बिहान बेलुका खुबै मेहनत गरेर पढ्थें । म र मेरो भाइ (स्व. इबराहीम) को कक्षा एउटै थियो । ऊ चाहिँ नियमित स्कुल जान्थ्यो । म परीक्षाको बेला रातरात भर पढेर पुरै किताब खाइदिन्थें । एकपटक पढेपछि, दिमागमा उत्रन्थ्यो । फुल कन्फिडेन्स आउँथ्यो । एकजना सुकदेव साह सरले मलाई सात कक्षामा एकपटक ७५ पूर्णाङ्कको विज्ञान विषयको परीक्षामा ७६ अङ्क प्रदान गर्नुभएको थियो । कक्षामा उहाँले हौसला बढाउन हँसाउँदै भन्नुहुन्थ्यो, ‘जाकिरको घरमा राति चोर आउँदैन । भाले बास्दासम्म ऊ कराई कराई पढ्छ ।’ खरले छाएको मेरो निकै सानो थोत्रो छाप्रोमा के चोर्न चोर पस्थ्यो र ? हो, परीक्षाको समयमा टुकी बालेर बिहानसम्म ठूलो आवाजमा पढ्ने मेरो बानी अचम्मकै थियो । ताल परे राति राति पनि गीत गाउँथें । रमाई रमाई पढ्थें । कुनै पनि विषयमा पुस्तकका कुनै पनि कुरा मलाई नआउने हुँदैन थियो । मेरो अक्षर पनि निकै राम्रो हुने गथ्र्याे । बरु अब चाहिँ अक्षर चिटिक्क पारेर लेख्न मन लाग्दैन । हाम्रा सवै दाजुभाइको अक्षर औधि सुन्दर ।

कक्षा ६ मा पढ्दाको एउटा कथा निकै रोचक छ । म स्कुल नगएको दिन हाम्रो स्कुलमा एकजना निकै सुन्दर युवती शिक्षक भई पढाउन आउनुभयो । उहाँ निकै सुन्दर सिनेमाको नायिकाभन्दा पनि राम्री थिइन् । गुलाबी रङको जिन्स–प्याण्ट र टि–शर्ट लगाएर आधुनिक सज्जामा शिक्षक भई हाम्रो कक्षामा पढाउनुभयो । भोलिपल्ट म कक्षामा पुग्दा साथीहरू मिसको बारेमा कुराकानी गरिरहेका थिए । बालमनोविज्ञान र तत्कालीन समाजको असर भन्नुपर्छ मेरो मनमा त्यो मिसको बारेमा राम्रो विचार आएन । किन किन नरमाईलो अनुभव भइरहेको थियो ।

“भोलिपल्ट कक्षामा आउनासाथ भन्नुभयो, ‘जाकिर हुसैन को हो ?’ त्यो दिनसम्म मलाई नामले उहा“ले चिन्नुभएको रहेनछ । सधै“ पहिलो बेञ्चमा बस्ने बिद्यार्थी, दिनहु“ म उहा“को कक्षामा बीचको वा पछाडिको बेञ्चमा गएर बस्थे“ । म उठेँ । उहाँले भन्नुभयो, ‘यो तिमीले आफैं लेखेको हो ?’ मैल मुण्टो हल्लाउँदै ‘हो’ सङ्केत गरेँ । ‘तिम्रै ह्याण्डराइटिङ्ग हो ?’ मुण्टो हल्लाउ“दै सानो स्वरमा मैले ‘अँह’ भने । उहा“ले मैले लेखेको पाना सवैलाई देखाइरहनुभएको थियो । ‘तिमी जहिले पनि मलाई आउँदैन भनेर छडी खान किन तयार हुन्छौ ?’ मैले त्यो पानामा रोल नं. लेखेको थिइन । मिसले मलाई सोध्ने बित्तिकै पहिलो बेञ्चबाट मेरा साथी सिताराम चौधरीले भन्यो, ‘मिस जाकिर फस्ट ब्वाय हो ।’ मिस छक्क पर्नुभयो । ‘हो र….(?)’ भन्दै मेरो मुख ताक्नुभयो ।”

शिक्षिकाको बस्त्र सामान्य हुनुपर्छ; त्यति बेलाको हिसाबले साडी लगाएको हुनुपर्छ भन्ने मेरो बुझाइ थियो । मेरो मनले साथीहरूले चर्चा गरेजस्तो पोसाक हाम्रो मिसले लगाउन मिल्दैन भन्ने थियो । मिसको बारेमा मेरो मनमा हुने आदर मिसलाई नदेखीकनै समाप्त भइसकेको थियो । त्यस दिन मिस आउनुभएन; तीन चार दिनपछि आउनुभयो । साँच्चिकै विजया मिस निकै नै सुन्दर हुनुहुन्थ्यो । तर, मैले उहाँलाई देख्ने बित्तिकै चिनिहालें, नारायण भूपू सई साबकी माइली छोरी । सबै छोरी एकसे एक सुन्दर । उहाँहरू पकली चौकमा रिक्सा चढेको र मानिसहरूले उहाँहरूलाई हेर्ने गरेको र सुन्दरताको तारीफ गर्ने गरेको मैले पहिले पनि देखेको थिएँ । र, उहाँलाई जिन्स–पेण्ट र टि–शर्टमा मैले पनि दुई चारपटक देखेको थिएँ । आज स्कुलमा उहाँलाई साडी लगाएर आएको देखें । हाम्रो कक्षा आउनुभयो । साडी चोलोमा उहाँ झनै सुन्दर देखिनुभयो । उहाँ कक्षामा आउनुभन्दापहिले नै म पछाडिको सिटमा गएर बसें । यो पनि सम्भवतः बालमनोविज्ञानको खेला थियो । सामाजिक शिक्षा पढाउनुभयो । केही दिनपछि उहाँले गृहकार्य दिन थाल्नुभयो । स्कुल न आउने मेरो बानी । आएको दिन पनि टिफिनपछि प्रायः भाग्ने बानी । भोलिपल्ट कडा स्वभावका शिक्षकहरूको छडी खाइन्थ्यो । मिसको कक्षामा म कमै देखिएँ । त्यो भएर उहाँको नजरमा कक्षामा पढाइमा अरू नै बिद्यार्थीहरू राम्रा ठहरिएका थिए । राम्रा बिद्यार्थीलाई शिक्षकले अरूभन्दा बढी माया गर्ने मनोविज्ञानमा म कमसल र कक्षामा कम देखिने बिद्यार्थीले त्यो माया पाउनु असम्भव नै थियो । फेरि मिसको बारेमा उहाँ जिन्समा आधुनिक भएर आएको घटनाले उहाँको बारेमा मेरो मनमा राम्रो नपरेपछि त्यसको असरले मलाई गाँजिरहेकै थियो । उहाँले कहिलेकाहिँ पछाडिको बेञ्चमा बसेकालाई पनि प्रश्नहरू गर्नुहुन्थ्यो । दुई–चारपटक मलाई पनि प्रश्न गर्नुभयो । मैले आएर पनि आउँदैन मिस भनेर उत्तर फर्काएर लठ्ठी खान हात थापेको हुन्थें । गृहकार्य गर्न दिनुहुन्थ्यो । मैले कहिल्यै गरेर ल्याइन । यी सवै मेरा बालमनोविज्ञानका उपज थिए । स्कुलमा भाषागत विषयहरूमा क्लासवर्क गराउने चलन थिएन । एक दिन उहाँले अचानक दुई–तीनवटा प्रश्नहरू दिएर युनिट टेस्ट लिनुभयो । पाना च्यातेर नाम र रोल नम्बर लेख्न भन्नुभयो । कुनै पनि परीक्षामा म जमेर लेख्थें । मैले पनि उत्तर लेखें; जमेर लेखें । भोलिपल्ट कक्षामा आउनासाथ भन्नुभयो, ‘जाकिर हुसैन को हो ?’ त्यो दिनसम्म मलाई नामले उहाँले चिन्नुभएको रहेनछ । सधैँ पहिलो बेञ्चमा बस्ने बिद्यार्थी, दिनहुँ म उहाँको कक्षामा बीचको वा पछाडिको बेञ्चमा गएर बस्थें । म उठें । उहाँले भन्नुभयो, ‘यो तिमीले आफैं लेखेको हो ?’ मैल मुण्टो हल्लाउँदै ‘हो’ सङ्केत गरें । ‘तिम्रै ह्याण्डराइटिङ्ग हो ?’ मुण्टो हल्लाउँदै सानो स्वरमा मैले ‘अँह’ भने । उहाँले मैले लेखेको पाना सवैलाई देखाइरहनु भएको थियो । ‘तिमी जहिले पनि मलाई आउँदैन भनेर छडी खान किन तयार हुन्छौ ?’ मैले त्यो पानामा रोल नं. लेखेको थिइन । मिसले मलाई सोध्ने बित्तिकै पहिलो बेञ्चबाट मेरा साथी सिताराम चौधरीले भन्यो, ‘मिस जाकिर फस्ट ब्वाय हो ।’ मिस छक्क पर्नुभयो । हो र….(?) भन्दै मेरो मुख ताक्नुभयो । मैले आज पनि मिसले गरेको प्रश्नको उत्तर दिइन । मेरो लेखन र अक्षरबाट उहाँ निकै प्रभावित हुनुभएको रहेछ । त्यस दिनदेखि उहाँले मलाई प्रश्न गर्न चाहनु भएन ।

-Advertisement-

scholarship-gorkhalinews

केही महिनापछि विजया मिस पुरानो शिक्षकको रूपमा स्थापित भइसक्नुभएको थियो । उहाँ छैठौं घण्टीमा पढाउने गर्नुहन्थ्यो । एक दिन उहाँलाई रमाइलो गर्ने मूड चलेछ । कक्षामा केटाकेटीहरूलाई गीत गाउन लगाउनुभयो । गाउन जान्नेहरूले पालैपालो गरी अगाडि उभिएर गीत गाइरहेका थिए । उहाँको कक्षामा म पछाडि नै बस्ने गरेको थिएँ । अगाडि बेञ्चमा बसेका मेरा साथी सिताराम चौधरीले आफ्नो पालोमा एउटा हिन्दी गीत गाउँदा गाउँदै मतिर हेरेर मुस्कुराइरहेको थियो । गीत सकेर आफ्नो बेञ्चमा पुगेपछि मिसले अब कसले गाउने भनेर सोधिरहनुभएको थियो । कक्षामा कोही गाउन सजिलै तयार भइरहेको थिएन । सितारामले भनिहाल्यो, ‘मिस जाकिर जाकिर । उसले सबभन्दा राम्रो गाउँछ ।’ अब मिसले मलाई अगाडि बोलाउनुभयो । म अगाडि जान मानिन । सबै केटाकेटी अगाडि गएर गीत गाए । म कसैगरी पनि अगाडि जान मानिन । एक दुईजनाले तानेर लान चाहे । तर, म हल्लिन । मिसले पटक पटक बोलाउनुभयो । मेरो एउटै उत्तर थियो, ‘आउँदैन मिस ।’ अन्तमा मिसले भन्नुभयो, ‘ल तिमी अगाडि आउनु पर्दैन । आफ्नै ठाउँबाट उभिएर गाऊ ।’ यति भनेपछि किन किन म गाउन राजी भएँ । अब म स्वयं अगाडि नै गएँ । निकै मधुरो र कर्णप्रिय थियो मेरो स्वर । आज म आफैं सम्झन्छु । आज म त्यति राम्रो गाउन सक्दिन पनि ।

कितनी दुर अब कितनी दुर है
ए चन्दन तोरा गाँव हो

कितना अपना लगने लगे जब
कोई बुलाए लेके नाम हो

नाम न ले तो क्या कहके बुलाए
कैसे चलाए काम हो

साथी मितवा या अनाडी कहो गोरिया
कहीँ गए जो ठहर दिन जाएगा गुजर गाडी हाँकन दे, हाँकन दे
कौन दिशा मे लेके चला र बटोहिया, कौन दिशा मे

त्यस बखतको सुपरहिट भोजपुरी बलिउड मूवीको यस गीतमा केटा र केटी दुवैको भावमा मैले गाएको गीत आज पनि म स्वयंलाई आश्चर्य लाग्छ । कति सुमधुर, कति कर्णप्रिय, कति सुन्दर ! मैले यस घटनालाई बाल्यकालको अबिष्मरणीय घटनाको रूपमा देखेको छु किनभने जब म यो गीतको मध्य भागमा पुगेको थिएँ त्यति बेलासम्ममा आँसुले मेरो शर्ट भिजिसकेको थियो । मेरा गालाहरू आँसुमा लत्पतिएका थिए । मैले पूरा गीत गाउनै नसकी बेञ्चतिर अघि बढें । बेञ्चमा टाउको घोप्ट्याएर आँसु पुछिरहेको थिएँ । कक्षामा साथीहरू छक्क परेका थिए । सवैले मुखामुख गरिरहेका थिए । किन त्यस्तो भएको थियो, त्यो आज पनि मैले अनुमान गर्न सकेको छैन । मेरो आँसु सुकेपछि मिस नजिकै आएर मलाई फेरि अगाडि लानुभयो र गीत पूरा गर्न लाउनुभयो । उहाँको जिदमा बेग्लै भाव थियो । मलाई त्यस हालतमा त्यो गीत गाउन किन लाउनुभयो मिसले आजसम्म मेरोलागि एउटा पहेली नै बनेको छ । आदेशको पालनाको बिकल्प पनि थिएन । मैले गीत पूरा गर्दा फेरि आँसुमा लत्पतिएको थिएँ ।

ए गुञ्जा उस दिन तोरी सखियाँ कहती थी क्या बात हो
कहती थी तोरे साथ चलन को आगए हम तोरे साथ हो
साथ अधुरा तब तक जब तक पुरे न हो फेरे सात हो
अब ही तो हमरी है बाली रे उमरिया
ए ठहर ठहर दिन जाएगा गुजर गाडी हाँकन दे
कौन दिशा मे लेके चला रे बटोहिया

नौ कक्षा पढ्दा एक दिन मिसले पुराना कुरा स्मरण गर्दै भनिरहनुभएको थियो, ‘जाकिरको पहिलेको जस्तो स्वर छैन अब त ।’ उहाँ त्यस दिन निकै डराउनुभएको सुनाइरहनुभएको थियो ।

– लेखक पूर्व राज्यमन्त्री तथा माओवादी केन्द्रका नेता हुन् ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news