टी-२० विश्वकप :न्युजिल्याण्डमा सेमिफाइनल

Aadil Times 1+ समाचार ( )
१८ कार्तिक २०७९

अष्ट्रेलियामा भइरहेको आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले शुक्रबार आयरल्याण्डलाई ३५ रनले पराजित गरेको छ ।

जितसँगै सुपर १२ को समूह ‘ए’ मा ५ खेलबाट ७ अंक जोडेको न्युजिल्याण्ड शीर्ष स्थानमा छ । गणितीय समीकरणलाई छाड्ने हो भने न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरेको छ । न्युजिल्यण्डको रनरेट राम्रो रहेकोले बाँकी दुई खेलमा कुनै अप्रत्यासित नतिजा नआए समूह विजेता नै बन्न सक्छ ।

समूह ‘ए’मा इंग्ल्याण्ड र अष्ट्रेलियाको पनि समान ५ अंक छ । अष्ट्रेलियाले आजै अफगानिस्तानसँग खेल्नेछ भने इंग्ल्याण्डले शनिबार श्रीलंकासँग खेल्नेछ । अष्ट्रेलियाको रनरेट धेरै पछि छ ।

न्युजिल्याण्डलाई सेमिफाइनलमा पुग्नबाट रोक्न समूहको अन्तिम खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई कम्पितमा १८५ रन र इंग्ल्याण्डले श्रीलंकालाई कम्तिमा १२८ रनले हराउनुपर्ने हुन्छ ।

न्युजिल्याण्डको रनरेट २.११३ छ भने इंग्ल्याण्डको ०.५४७ र अष्ट्रेलियाको माइनस ०.३०४ छ ।

एडेलेइडमा भएको खेलमा न्युजिल्याण्डले दिएको १८६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो । आयरल्याण्डका लागि ओपनर पउल स्टरलिङले सर्वाधिक ३७, कप्तान एन्डी बेलब्रिनीले ३० र जर्ज डकरेलल २३ रन बनाए । बलिङतर्फ न्युजिल्याण्डका लकी फर्गुसनले ३ तथा टिम साउदी, मिचेल सान्टनर र इश सोधीले २२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले कप्तान केन विलियम्सनको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

विलियम्सनले ३५ बल खेल्दै सर्वाधिक ६१ रन बनाए । फिन एलनले ३२ र डेभोन कनवेले २८ रन जोडे भने डारेल मिचेलले २१ बलमा अविजित ३१ रन बनाए ।

आयरल्याण्डका जोस लिटलले ह्यारुट्रिक विकेट लिए । उनले १९ औं ओभरमा कप्तान लियम्सन, जेम्स निसम र मिचेल सान्टरलाई लगातार आउट गरेका थिए ।

उक्त ओभरको दोस्रो बलमा विलियम्सनलाई ग्यारेथ डेलानीबाट क्याचबउट गरेका लिटलले निसम र सान्टनरलाई एल्बीडब्लु धरापमा पारे ।


प्रतिक्रिया

सम्बन्धित समाचार