जाजरकोट भूकम्पपीडित २० घरपरिवारलाई नेपाल परोपकारी समाजले राहत वितरण गरेको छ।>
सुनसरी बाट आएको समाजको टोलीले जाजरकोटको वडा दुईमा प्रति परिवारलाई १ थान त्रिपाल, १ बोरा चामल (२५के.जि), १ बोरा भुजा(३के.जि), दाल २ के.जि, म्याट्रेस- १ रोल र अति आवश्यक औषधिहरू वितरण गरेको छ। स्थानिय स्तरमा आर्थिक संकलन गरेर लगभग एक लाख तीस हजार रुपैया बराबरको राहत वितरण कार्य गरेको समाजक प्रतिनिधि अरमान खानले जानकारी दिए।>>