घट्यो सुनको मूल्य

Aadil Times 1+ समाचार ( )
२१ माघ २०७९

साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ६ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार दुई हजार रूपैयाँले घटेर एक लाख ४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार ४५ रूपैयाँले घटेर १ हजार ३२० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया