थप ५ जनामा कोरोना संक्रमण पुष्टि, २६ संक्रमणमुक्त

Aadil Times 1+ समाचार ( )
१ मंगशिर २०७९

देशभर पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १ हजार २ सय ५२ जनाको नमूना परीक्षण गरिएको थियो ।

७ सय ७ जनाको पीसीआर र ५ सय ४५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहिबार २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ सय ५३ जना सक्रिय संक्रमित रहेका छन् ।




प्रतिक्रिया