लाइभ न्यूजको रिपोर्टिङ पछि , बिराट राजाको दरबार क्षेत्रमा अवलोकन कर्ताको बढे

Aadil Times 1+ समाचार ( )
१८ चैत्र २०७९

विराटनगर १८ नं वडामा रहेको ऐतिहासिक विराट राजा दरबार क्षेत्रको अवलोकन कर्ता बढदै गएको छ । लाइभ न्यूज रफतारले गरेको रिपोर्टिङ पछि दरबार क्षेत्रमा अवलोकन कर्ताहरु बढ्न थालेका छन् । समाजसेवी समेत रहेका देव कृष्ण मुन्दडाले लाईभ न्यूज रफतारलाई भने , समाचार पढे पछि म आफै पनि सो क्षेत्र पुगेर अवलोन गरे । उनले भने , विराट राजा दरबार क्षेत्र एवम धार्मिक क्षेत्रलाई समेत उत्थान गर्न पत्रकार सोनुकुमार दासले चालेको कदम प्रशंसा योग्य रहेको बताए । यो क्षेत्रको अवलोकनले ज्ञान बृद्धि र पर्यटन क्षेत्रको विकास समेत हुने उनले बताए । 

यस्तै , बिराटनगर जेसीजले आफ्नो सम्पदा संरक्षण तथा अवलोकन र प्रबर्द्धन अभियान अन्तर्गत बिराट राजाको दरबार क्षेत्रको भ्रमण सम्पन्न गरेको छ । पर्यटनको माध्यम बाट आफ्नो तर्फबाट गर्न सकिने कार्यहरु बारे जानकारी प्राप्त गर्न अवलोकन भ्रमण गरिएको अध्यक्ष अभिनास थापाले जानकारी दिए ।

बिराटनगरमा अवस्थित बिराट राजाको दरबार संरक्षणका लागि आफ्नो जीवन ब्यतित गरेका संरक्षणकर्मी कमल किशोर यादबको घरमा रहेको प्राचीन सभ्यता बोकेको सामाग्रीहरुको अवलोकन गर्दै उहाँ बाट जानकारी लिएको थियो ।

भग्नावशेष रहेको भेडियारीमा केही समय अघि निर्मित सङ्ग्रालयको भवन निर्माण सम्पन्न भए पश्चात् नेपाली सेनाद्वारा महानगरलाई हस्तान्तरण गरिएको थियो ।


प्रतिक्रिया