प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने नेकपा एकीकृत समाजवादीको निर्णय

Aadil Times 1+ समाचार ( )
२६ पौष २०७९

नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मंगलवार बसेको सचिवालय बैठकले प्रचण्ड सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

अहिले हाम्रो पार्टीले विश्वासको मत दिने र एजेण्डा पूरा नगरेमा सरकारबाट निस्केर प्रतिपक्षमा बस्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनाएका छन । संसदमा नेकपा एसका १० सांसद छन् । प्रचण्डले मंगलवार विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया