डिआईजी सिंहको नागरिकता जन्ममिति २०२४ र सिटरोलमा २०२५ !

Aadil Times 1+ समाचार ( )
९ फाल्गुन २०७९

उमेर विवादमा मुछिएका डिआईजी अशोक सिंहको जागिर धरापमा परेको छ । नागरिकता र सिटरोलमा भरेको जन्ममितिमा उमेर डेढ वर्ष फरक पाइएपछि उनीमाथि छानबिन भइरहेको छ । प्रहरी प्रधान कार्यालयले र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धनमा छानबिन थालेपछि सिंह राजीनामा दिने मुडमा पुगेका छन् ।

छानबिन हुँदा बर्खास्त हुने र सेवा सुविधा समेत गुम्ने अवस्था देखिएपछि राजीनामा दिन लागिएको स्रोत बताउँछ । सिंहको नागरिकताअनुसार जन्ममिति २०२४ को २२ जेठ देखिन्छ भने उनले प्रहरी प्रधान कार्यालयको सिटरोलमा १६ पुस २०२५ भरेका छन् । नागरिकताको उमेरअनुसार उनले २६ वर्षमा जागिर खाएको देखिएपछि छानबिन सुरु भएको हो । ‘गम्भीर विवाद देखिएपछि प्रहरी महानिरीक्षकज्यूले नै प्रहरी किताबखानासँग समन्वय गरी छानबिन गर्न भन्नुभएको छ,’ प्रहरीको कर्मचारी प्रशासन शाखाका एक अधिकारीले भने,‘यो विषयमा आन्तरिक रुपमा बुझ्ने काम भइरहेको छ ।’ नागरिकताको उमेरअनुसार उनले एसएसपीबाटै अवकाश पाउने देखिएको स्रोत बताउँछ । सिंह हाल सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् ।

सिंह आइजिपी हुन पहिलो नम्बरमा एआइजी हुने लबिइङमा थिए । यहीबीचमा उनको गम्भीर विवाद आएपछि एआइजी बढुवा समेत रोकिएको छ ।


प्रतिक्रिया