भूकम्पले घर भत्किदा बाजुरामा एक जनाको मृत्यु

Aadil Times 1+ समाचार ( )
१० माघ २०७९

बाजुराको गौमुल गाउँपालिकामा भूकम्पका कारण घर भत्किदा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ ।

अन्दाजी ३०र३५ बर्षकी जमुना रोकायाको ढुंगा लागेर घटना स्थलमै मृत्यु भएको हो भने सोही पालिका १ अम्लिसमा भूकम्पकै कारण माथिबाट पहिरो खस्दा रामदल बोहोराका ४० भन्दा बढी भेडा मरेका र एक जना घाइते भएको स्थानीय दिपेन्द्र रोकायाले जानकारी दिनुभएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो । 

प्रतिक्रिया