विराट एक्स्पोले टिकटको मुल्य ५० बाट २०० पुर्यायो

Aadil Times 1+ समाचार ( )
१० पौष २०७९

विराटनगरमा जारी विराट एक्स्पोले टिकटको मुल्य बढाएको छ ।

एक्स्पोले ५० रुपैयाँबाट मुल्य बढाएर २० पुर्याएको हो । टिकटको मुल्य एक्कासी बढाएपछि सर्वसाधण भने आक्रोशित भएका छन् । एक्स्पोबाट सर्वसाधणबाट चर्को रकम अशुली भएको भन्दै यतिबेला चौतर्फी आलोचना भएको छ ।

सर्बसाधारणले बोलि र व्यवहारमा फरक देखिएको बताए । एक्स्पो अबलोकन गर्न पुगेकाहरुले सर्वसाधारणमाथि ज्यादती भएको बताए । यता आयोजकले भने पूर्व निर्णय बमोजिमनै मुल्य बढाइएको जनाएको छ ।

‘टिकटको मुल्य अन्तिम दिन र अघिल्लो दिन २ सय रुपैयाँ बनाउने भनेर माइकिङ पनि गरेका थियौँ । सुचना पनि निकालिएको थियो । जानकारी बेगर भएको होइन ।’ विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले भने,‘मेला सम्पन्न गर्न साढे तीन चार करोड खर्च गरिएको छ । २ दिन मात्र दुई सय बनाइएको हो । २ सय केही पनि होइन ।’

प्रतिक्रिया