लागुऔषध गाँजा सहित २ जना पक्राउ

Aadil Times 1+ समाचार ( )
१८ पौष २०७९

मोरङको रंगेली नगरपालिका-१ बविया स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो अपरान्न साढे ४ बजे मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको टाँल भित्र लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा १५ बोरा (३५० के.जी.) गाँजा फेला पारी ४० बर्षीय मनोज राजवंशी र अवैध गाँजा ओसार पोसारमा संलग्न धनकुटा सहिदभुमी गाउपालिका ‍-२ का २९ बर्षीय बेचन भन्ने हस्त राई सहित प्रदेश नम्बर १-०२-०५० प २७९२ नम्बरको मोटरसाईकल प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया