अणुब्रत आन्दोलन ७५ बर्षमा प्रवेश

Aadil Times 1+ समाचार ( )
९ फाल्गुन २०७९

बिरानगरमा , संघिय सरकारका संघिय मामिला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदीले अणुब्रत समितिले बर्षभरी संचालन गर्ने एक विशेष कार्यक्रमको शुभआरम्भ गरेका छन् ।

मंगलबार विराटनगरको जैन भवनमा अणुब्रत समितिले बर्षभरी संचालन गर्ने विशेष कार्यक्रमको संचालन गर्ने तयारी बारे कार्यक्रम सम्पन्न भएको छ । 

अणुब्रत आन्दोलन ७५ बर्षमा प्रवेश गरेको छ । सन् १९४७ मा भारत आन्दोलित अवस्थामा रेहेको र सन् १९४७ मा तुलसीले भारतको राजस्थानबाट अहिंसाको लागि अणुब्रत आन्दोलनको सुरुवात गरेका थिए । जुन आन्दोलन ७५ बर्षमा प्रवेश गरेको छ ।

मंगलबार विराटनगर स्थित जैन भवनमा अणुब्रत समिति विराटनगरले आयोजना गरेको कार्यक्रममा समितिका अध्यक्ष श्याम अधिकारी, निवर्तमान अध्यक्ष भिखमचन्द सरल, जैन स्वेताम्बर तेरापन्थी सभा विराटनगरका अध्यक्ष सतिश दुगड, महासचिव सुरेन्द्र नौलखा, तेरापन्थ युवक परिषद् विराटनगरका अध्यक्ष पंकज लुनियाँ, सचिव मोहित लालवानी, साहित्यकार भुषण ढुंगेलको उपस्थिती थियो । 


प्रतिक्रिया