गृहमन्त्री रवि लामिछानले मागे दिवंगत आचार्यसँग माफी

Aadil Times 1+ समाचार ( )
१० माघ २०७९

आफैँलाई आगो लगाएर आत्मदाह गरेका इलामका युवा व्यवसायी प्रेम प्रसाद आचार्य सँग गृहमन्त्री रवि लामिछानेले माफी मागेका छन् ।

नयाँ राजनीतिक दल र नेताका रूपमा आशा जगाउन नसकेको भन्दै गृहमन्त्री लामिछानेले दिवंगत आचार्यसँग माफी मागेका हुन् ।

मंगलबार संसद् भवनअगाडि आफैँलाई आगो लगाएका आचार्यको आज बिहान कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । आचार्यको निधनमा आफू पनि दोषी रहेको गृहमन्त्री लामिछानेले बताएका छन् ।


प्रतिक्रिया