महासंघ वरिष्ठ उपाध्यक्ष : एसोसिएटतर्फको मतगणना सकियो

Aadil Times 1+ समाचार ( )
२९ चैत्र २०७९

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्षको एसोसिएटतर्फको मतगणना सकिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान र मतगणना गरिएको हो ।

वरिष्ठ उपाध्यक्षको एसोसियटतर्फ कुल एक हजार ६३० मत खसेको थियो । त्यसमध्ये रामचन्द्र संघईले ६१३ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी अन्जन श्रेष्ठले ५७३ र उमेशलाल श्रेष्ठ ४२६ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतका अनुसार १८ मत बदर भएको छ ।

महासंघमा जिल्लानगरतर्फ ५० प्रतिशत र वस्तुगततर्फ २० प्रतिशत मतभार हुने गर्छ । एसोसिएटको नतिजाले वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको निर्वाचन गर्नुपर्ने देखिएको छ ।

उपाध्यक्षमा जिल्लानगर एसोसिएटतर्फ संघई प्यानलले जितेको छ । वस्तुगततर्फ श्रेष्ठको प्यानलले जितेको छ । अब वरिष्ठ उपाध्यक्षका लागि वस्तुगत र जिल्लाको मतगणना गरिनेछ ।


प्रतिक्रिया