जब लत्रिएको तार मेयर कोइरालाले बाँध्न थाले ….

Aadil Times 1+ समाचार ( )
१ जेठ २०८०

विराटनगर र विराटनगर महानगरपालिकाको बजेटबाट सञ्चालित योजनाहरुको अनुगमनका क्रममा विराटनगर–६ केशलिया रोड उत्तर पुगेका मेयर नागेश कोइरालाले जब लत्रिएको तारमा मोटरसाइकल चालक अल्झिएको देखे तुरुन्तै उनले आफैं डोरी खोजेर लत्रिएको तार बाँधे ।

चालु आर्थिक वर्षको बजेटबाट सम्पन्न योजनाहरुको अनुगमनमा मेयर नागेश कोइराला आज बिहान ६ बजे नै निस्केका थिए । वडा नम्बर १, २, ७ र ९ नम्बर वडाका योजनाहरुको अनुगमनपछि ६ नम्बर वडा पुगे । अनुगमनका क्रममा जब लत्रिएको तारमा मोटरसाइकल चालक अल्झिएको देखे मेयर कोइरालले तुरुन्तै छेउको घरमा पुगेर डोरी माग्नु भयो र बाँध्न थाले । त्यसपछि उपमेयर शिल्पा निराला कार्की र वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारीले पनि लत्रिएको तार बाँध्न थाले ।

मेयर कोइरालाले सबै काम महानगरले गर्न नसक्ने भएकाले यस्ता सानातिना काम स्थानीयले गर्नुपर्नेमा जोड दिए । उनले यसरी लत्रिएको तार आफैंले पनि बाँध्न सकिने र सम्भावित दुर्घटनाबाट बच्न सकिने उल्लेख समेत गरे । उनले विराटनगरवासीमा अझै सचेतना जगाउन नसकिएको बताए । आइतबार आएको हावाहुरीका कारण केवल र नेटको तार लत्रिएको स्थानीयको भनाइ थियो । तारमा अल्झिँदै हिंड्नुभन्दा स्थानीय आफैंले तत्कालका लागि व्यवस्थापन गर्न उनले आग्रह गरे । महानगरपालिकाले लत्रिएका तारको व्यवस्थापन गर्ने अभियान नै सञ्चालन गरेको छ ।

प्रतिक्रिया