मोरङ क्षेत्र नं ६(ख)को सबै वडाको स्वास्थ्य केन्द्रमा डाक्टरको व्यवस्था गर्छु : पर्शुराम

Aadil Times 1+ समाचार ( )
म आश्वासन मात्र बाड्दिन गर्न सक्ने काममात्र बोल्छु र गरेर...
२० कार्तिक २०७९

विराटनगर । मोरङ प्रदेश ६ ‘ख’ का उम्मेदवार पर्शुराम बस्नेतले आफ्नो क्षेत्रमा पर्ने ६ वटै वडाका आधारभूत स्वास्थ्य केन्द्रमा दक्ष डाक्टरको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । महानगरभित्रका धेरै वडाका आधारभूत स्वास्थ्य केन्द्र नर्सहरुको भरमा सञ्चालन भएको बताउँदै उनले आफू निर्वाचित भएपछि डाक्टरको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले जनताको अपेक्षा अनुसार नै आफु उम्मेदवार बनेको र जनताको अपेक्षामा कहिल्यै चोट पुग्न नदिने पनि बताए । आफ्नो क्षेत्रका जनताको समस्याको बारेमा आफू परिचित रहेकाले पनि काम गर्न समस्या नहुने उनले बताए ।

जामुनगाछी सडकको विषयमा पनि निर्वाचित भएपछि सडक निर्माणका लागि पहल गर्ने बताउँदै बस्नेतले बृद्धबृद्धाका लागि ज्येष्ठ नागरिक भवन, तिर्थाटनलगायतको काम आफूले गर्ने बताए । ‘जनप्रतिनिधि भएपछि आफूले गर्न सक्ने काममात्र भन्दै आएको छु’, उनले भने, ‘म आश्वासन मात्र बाड्दिन गर्न सक्ने काममात्र बोल्छु र गरेर देखाउँछु । भोलि जनताले गुनासो गर्ने ठाउँ राख्दिन ।’

प्रतिक्रिया