राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरूलाई र्दिईन भोलिसम्मको समय

Aadil Times 1+ समाचार ( )
८ पौष २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न दिएको समय भोलि आइतबार साँझसम्म रहेको छ । बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न सत्तारुढ गठबन्धन दलबीच बालुवाटारमा छलफल भइरहे पनि सहमति जुट्न सकिरहेको छैन् ।

राष्ट्रपति भण्डारीले गत आइतबार (पुस ३्र) साँझ ७ दिनभित्र संसदमा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गर्नुभएको थियो । त्यो समय सीमा सकिनै लाग्दा पनि दलहरुले सरकार गठनको खाकासमेत तयार पार्न सकेका छैनन् ।

राष्ट्रपतिले दिएको समय सीमा अनुसार दलहरूले पुस १० गते साँझ ५ बजेभित्र सरकार गठनका लागि आवश्यक बहुमत जुटाउनुपर्ने हुन्छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति पुस १० गतेभित्र दाबी पेस गर्न आग्रह गर्नुभएको हो ।

सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच नयाँ सरकारमा शक्ति बाँडफाँडमा कुरा मिलेको छैन । निरन्तर छलफलमा रहे पनि दलीय अडानका कारण शीर्ष नेताले कुनै प्रगति गर्न सकेका छैनन् । तर, पद बाँडफाँटमा सहमति जुटाउन गठबन्धन सम्बद्ध शीर्ष नेताहरू बालुवाटारमा निरन्तर छलफलमै छन् ।

प्रतिक्रिया