प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबार पुगे ओली

Aadil Times 1+ समाचार ( )
२१ वैशाख २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड भेट्न ओली सिंहदरबार पुगेका छन् ।

पुस १० गते बनेको सात दलीय गठबन्धन भत्किएपछि दुई नेताहरुबीच पहिलो पटक एक्लाएक्लै भेटवार्ता भएको हो ।

उनीहरुबीच समसामयिक राजनीति, संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीश नियुक्ति, संसदीय समितिको सभापति चयन, संसदलाई प्रभावकारी बनाउने र आगामी बजेटको बारेमा छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया