विराटनगरमा ‘अपरेसन क्वाक’ : शल्यिक्रिया गर्ने भारतिय डा. अफाकको एनएमसि नम्बर छैन

Aadil Times 1+ समाचार ( )
७ वर्षीय बालकको शल्यक्रिया गर्दा लापर्वाहीले मृत्यू भएको आरोप थियो डा. अफाक माथि
५ फाल्गुन २०७९

विराटनगरमा संचालित एक अस्पतालमा नाम चलेको भारतिय चिकित्सकले नेपाल मेडिकल काउनसिल नम्बर नलिइकन बिरामीहरुको शल्यक्रिया समेत गर्दै आएका छन् ।

बिराटनगरमा भर्खरै संचालनमा आएको हेरिटेज हस्पिटलमा नाम चलेका जनरल सर्जन डा. अमिर अफाकको एन एम सि नम्बर नभएको लाइभ न्यूजको ,‘अपरेसन क्वाक’ ले देखिएको छ । लाइभ न्यूजलाई एक परिचित व्यक्तीले सम्पर्क गरे , दिपक दाहाल(नाम परिवर्तन) । दाहालले लाइभ न्यूजलाई भने , बिराटनगरमा बिभिन्न अस्पतालमा एन एम सि नम्बर नभएको नाम चलेको चिकित्सकहरु सर्जरी समेत गर्दै आएको जानकारी गराए । 

लाइभ न्यूजले गम्भिरताका साथ यस विषयमा बुझन् माघ २७ गते कार्यलयमा एक मिटिङ बसि ,‘अपरेसन क्वाक’ नामक एक रिपोर्टिङ गर्न सुरु गर्यो । 

दिनहुँ शल्यिक्रिया समेत गर्ने चिकित्सकको छैन एन एम सि नम्बर 

भारतिय नागरिक समेत रहेका डाक्टर अमिर अफाक बिराटनगरका चर्चित जेनरल सर्जन हुन । उनले नेपालामा बर्षाै देखी चिकित्सा क्षेत्रमा प्राक्टिस गर्दै आएका छन् । बि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान साथै बिराटनगरका विभिन्न अस्पतालमा कार्यरत रहिसके उनि पछिल्लो समय , विराटनगर कै मकालु एभरेष्ट हस्पिटल प्रा.ली मा जनरल तथा ल्याप्रोस्कोपिक सर्जनको रुपमा कार्यरत रहेका थिए । उनि सो अस्पतालमा कार्य गरिरहँदा उनको एन एम सि नम्बर ०१४—९९—००५५५१—२० रहेको थियो । तर हाल उनको एन एम सि नम्बर एक्सपाइर अर्थात २०७९ साल पुस २० गते सम्मका लागी मात्र नै अनुमति पाएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।

अफाक दिनहुँ हेरिटेजमा बिरिमाहरुको निवार्ध रुपमा शल्यिक्रिया गर्दै आएका छन् ।

७ वर्षीय बालकको शल्यक्रिया गर्दा लापर्वाहीले मृत्यू भएको आरोप थियो डा. अफाक माथि 

डा. अफाक , यस भन्दा अगाडि नै बिराटनगरकै मकालु एभरेष्ट अस्पतालमा कार्यरत थिए । तर अस्पतालका कार्य गरिरहँदा ,२०७९ साल भाद्र १० घटेको एक गम्भिर घटनाले अस्पताल प्रशासनले उनलाई विदा गर्ने मनिस्थीतिमा पुगेको श्रोतले भन्यो । घटना थियो , विराटनगर–  ९ गुद्रीको एक जना बालकको उपचारमा लापरबाही गरेको भन्दै विरामीको मृत्यु प्रकराण । 

विराटनगर ९ गुद्रीका ७ वर्षीय विराट पासवानको मृत्यु भएको थियो ।  र मृतकका आफन्तले मृत्यूको कारण नै डा. अमिर अफाक रहेको आरोप लगाएका थिए । हस्पिटलका चिकित्सकलले शल्यक्रियामा लापरवाही गरेको कारणले  विराटनगर ९ गुद्रीका  ७ वर्षीय विराट पासवानको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले हस्पिटल तोडफोड गरेका थिए । पासवानको एपेन्डिसाइटको मकालु हस्पिटलमा वैशाख २८ गते हस्पिटलका जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. अमिर अफाकले शल्यक्रिया गरेका थिए ।

शल्यक्रिया भएपछि जेठ ५ गते डिस्चार्ज दिएको थियो । विरामी पासवानलाई ज्वरो र वान्ता मकालु हस्पिटल लगिएको थियो । डा. अफाकले विरामीको अवस्था सिकिस्त भएको भन्दै न्युरो हस्पिटलमा रेफर गरिदिएका थिए । बालक पासवनको उपचारको क्रममा शुक्रबार ३ बजे मृत्यु भएको हो । एपेन्डिसाइटको अप्रेशन गर्दा डा. अमिर अफाकले लापरबाही गरेको कारणले छोराको अहिले मृत्यु भएको मृतकका बावु विष्णु पासवानले बताएका थिए । ‘छोरा विरामी भएपछि पहिला उपचार गरेकै डा.अमिर अफाक नजिक लिएर गएका थिए । 

तीन महिना अगाडी छोराको पेटको शल्यक्रिया राम्रोसँग नगरेको कारणले यस्तो समस्या आएको  हो,’ बावु विष्णु पासवानले भने, ‘सिकिस्त भएपछि छोरालाई अर्को हस्पिटलमा रेफर गदियो । त्यसपछि छोराको ज्यान गयो ।’ सुरूमा डा. अफाकले राम्रोसँग शल्यक्रिया नगरेको कारण र चिकित्सकको लापरवाहीले छोराको मृत्यु भएको उनलेको भनाई थियो ।

लाइभ न्यूजको ‘अपरेसन क्वाक’ : जस्को एनएमसि नम्बर छैन उहि दिनमा शल्यक्रिया गर्दैछन्  

डा. अफाक हेरिटेज अस्पतालमा कार्यरत छन् वा छैनन् पुष्टि गर्न , लाइभ न्यूजले आफ्नो एक रिपोर्टरलाई बिरामी भएर क्रस चेक गर्न अस्पताल पठाए । हेरिटेज पुगेका हाम्रो रिपोर्टर बिल काउनटरमा गए । रिपोर्टरले बिल काट्नेलाई भने , यहाँ राम्रो सर्जन को हुनुहुन्छ ? काउनटरमा एक युवक र एक युवति थिए । युवकले भने , डा. अमिर अफाक । त्यस पछि हाम्रो रिपोर्टरले उहाँ संगै देखाउने भन्दै ओपिडि काट्न आग्रह गरे । रु ५०० तिरेर ओपिडिको रसिद समेत लिए ।

विल काट्ने युवकले भने , डाक्टर साप् शल्यिक्रियामा हुनुहुन्छ , ३—४ वटा अपरेशन छ , टाइम लाग्छ उनलाई देखाउन । हामी उनलाई नै देखाउने भनेर पर्खि बस्यौं । हाल हस्पिटलमा कसैको पनि एन एम सि नम्बर देखिने बोर्ड बाहिर राखिएको थिएन । अस्पताल संचालनमा आएको १ महिनाको हाराहारि भएको छ । करिब १ घण्टा ५४ मिनेटको पर्खाइ पछि उनि आफ्नो च्याम्बरमा शल्यिक्रि पछि आए । र हाम्रो रिपोर्टरले उनलाई स्वास्थ्य अवस्थाबारे वार्ता गरेर निस्के । 

डा. अफाकको एनएमसि नम्बर छैन् : नेपाल मेडिककल काउन्सिल

कुनै पनि चिकित्सकले एन एम सि नम्बर दर्ता नलिइकन काम गर्न नपाउने नेपाल मेडिकल काउनसिलले बताएको छ ।

  • नेपाल मेडिकल काउन्सिलको आधिकारी वेबसाइटमा डा. अफाकको एन एम सि नम्बरको भ्यालिडिटी अवधि

नेपालमा चिकित्सकहरुले चिकित्सा क्षेत्रमा काम गर्न अनिवार्य एन एम सि नम्बर लिनुपर्ने हुन्छ । भारतिय वा विदेशी नागरिकको हकमा भने स्वास्थ्य मन्त्रालयबाट काम गर्ने अनुमति , गृह मन्त्रालयबाट चालचलनको अनुमति र श्रम मन्त्रालयबाट श्रम स्वीकृती समेत लिनु पर्ने हुन्छ । तर डा. अफाक हाल सम्म यी पक्रिया समेत नपुर्याएको देखिएको छ । डा. अफाक बारे छानविन हुने र दोषि पाइए कानुनु कार्वाही समेत हुने काउनिसलका प्रवक्ता समेत रहेका डा. कृष्ण अधिकारीले बताए । हाल हेरिटेजले बिराट नर्सिङ मेडिकल कलेजमा कार्यरत एक सर्जनको एन एम नम्बर प्रयोग गरि लाइसेनस लिएको देखिएको छ । यस विषयमा लाइभ न्यूज थप विवरण संकलन गरिरहेको छ ।

महानगरको तथ्याङकमा डा. अफाकको दरबन्दी छैन् तर अस्पतालमा धमाधम शल्यिक्रिया गर्दै.. 

विराटनगर महानगरपालिकामा १५ बेड अस्पतालको लागी दर्ता गर्न सकिने प्रावधान छ । स्थानीय तहले समेत अस्पताल संचालनका लागी स्वीकृती दिन सकिने प्रावधानलाई टेकेर बिराटनगर महानगरपालिकाले अस्पताल संचालनको स्वीकृती दिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले बताए । अलिले भने , आवश्यक कागजात पेश गरेकाले महानगरको कार्यपालिकाले समेत अनुमोदन गरेर अस्पताल संचालनको बाटो खुलेको देखिएको छ । अस्पताल संचालनका लागी पेश गर्ने कागजात मध्ये , अस्पतालमा कार्य गर्ने दरबन्दी र योगयता समेत बुझाउनु पर्ने हुन्छ । लाइभ न्यूजले प्राप्त गरेको एक प्रमाणमा हेरिटेज अस्पतालले एमडि तथा एमएस सम्मको योगयताका लागी कुल ७ जनाको दरबन्दी नियुक्ती गर्न सकिने जनाएको छ । जसमध्ये   यौन तथा छाला रोग विशेषज्ञ , फिजिसियन , बाल रोग विशेषज्ञ , हाड तथा जोर्नी विशेषज्ञ , स्त्री रोग विशेषज्ञका लागी एक—एक जना नियुक्ती गर्न सकिने जनाएको छ भने , सर्जनका लागी २ जना नियुक्ती गर्न सकिने छ । 

लाइभ न्यूज संग कुरा गर्दै , अस्पतालका प्रशासन शाखाका दिपेश कर्णले भने , हाल अस्पतालमा सर्जनको रुपमा डा. अमिर अफाक नै कार्यरत रहेको र अस्पताल नयाँ भएकाले र आफु समेत क्रिया बिदामा रहेकाले एन एमसि बोर्ड बाहिर लगाउन नसकिएको प्रतिक्रिया दिए । उनले थपे , हाल डा. अफाक भारतिय नागरिक भए पनि उनको एन एम सि नम्बर रहेको बताए । उनले फेरी भने , कागज काठमाण्डौं पठाइसकेको छ तर एन एमसि नम्बर छ है....भन्दै लाइभ न्यूजलाई जानकारी दिए ।  

अस्पतालका संचालक : रेशमी कोइराला

कानुनी रुपमा हेरिटेज अस्पतालका संचालक स्त्री रोग विशेषज्ञ डा. रेशमी कोइराला हुन् । तर उच्च श्रोतले दिएको जानकारी अनुसार अस्पतालमा ३ जना चिकित्सकको लगानी छ जस मध्ये डाक्टर अफाक पनि एक हुन् । डा. रेशमी विराटनगरको , श्री हस्पिटल , न्यूरो हस्पिटल , लगायतको बिभिन्न हस्पिटलमा कार्य गरेका डाक्टर हुन् । हेरिटेज अस्पताल संचालनको अनुमति विराटनगर महानगरपालिकाले दिएको छ । 

डाक्टर रेशमीले भाद्र २३ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको कम्पनी रजिष्ट्रारको कार्यलयबाट हेरिटेज हस्पिटल नामक प्राइभेट लिमिटेड कम्पनीमा कम्पनी ऐन २०६३ को दफा ५ को उप दफा (१) बमोजिम अनुमति पाएको कम्पनी रजिष्ट्रारको कार्यलयले जनाएको छ ।    

१५ बेडको अनुमति : २२ बेड अस्पतालमा संचालन

लाइभ न्यूजको अपरेशन क्वाकले के देखायो भने , हेरिटेजको पहिलो तल्लामा ओपिडि कक्षहरु रहेको छ भने , शल्यिक्रिया र बेडहरुको व्यवस्था दोश्रो तल्लामा रहेको छ । स्त्री तथा प्रसुति विभागमा ८ वटा बेड , २ वटा डिलक्स रुम , सर्जकिल वार्डमा १२ वटा बेड रहेको देखिएको छ । जस्को पूर्ण प्रमाण लाइभ न्यूज संग सुरक्षित छ । अस्पतालका संचालक डा. रेशमी कोइरालाले भने , १५ बेडको अनुमति मात्र मागेको समेत देखिन्छ तर अनुमति बेगर २२ वडा बेड राखेर सेवा प्रदान गरेको देखिन्छ , जुन गैर कानुनी हो । कुनै पनि अस्पताल संचालनका लागी भौतिक पूर्वाधारलाई समेत स्थानीय तहले एक प्यारामिटर मानेको छ । तर हेरिटेजले झुक्याएर गैर कानुनी रुपमा अस्पतालमा अनुमति भन्दा बढि बेढ संचालन गरेर अस्पताल संचालन गरेको देखिन्छ ।

प्रतिक्रिया

Binod shah ५ फाल्गुन २०७९, शुक्रबार

Well reporting! Come with new issues too