इटहरीमा कसले राख्यो बम ?

Griha Sewa 3+ समाचार ( )
१७ पौष २०८१

इटहरी उपमहानगरपालिकाको गेटै अगाडी राखिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाले बम डिस्पोज गरेको हो । 

यस्तै इटहरीकै बुढीपुलमुनि भेटिएको शंकास्पद वस्तुसमेत बम भएको आशंका गरिएको छ । सुरक्षाकर्मीले घेरेर बम डिस्पोजको तयारी थालेका छन् ।


उपमहानगरपालिकाको गेट अगाडी राखिएको बमसँगै राष्ट्रिय सुरक्षा दलको पर्चा भेटिएको छ । पर्चामा केन्द्रिरय अध्यक्ष भन्दै नरसिंहको नाम र हस्ताक्षर रहेको छ ।

लेटरप्याडमा लेखिएको पर्चामा हिन्दु राष्ट्र स्थापना, संघीयता खारेजी गर्नुपर्ने, स्थानीय तहलाई बलियो बनाउनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने लगायतका माग राखिएको छ । 

प्रहरीले पर्चाको विषयमा अनुसन्धान गरिरहेको डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

प्रतिक्रिया