बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । ३३.५७ अंकले बढेर नेप्से २०८० विन्दु कायम भएको हो ।
>
आज ४७ लाख ७९ हजार ७ सय ९६ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १ सय ८० रूपैयाँको कारोबार भयो ।
>
अघिल्लो कारोबारमा (सोमबार) बजार २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा बन्द भएको थियो । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि सेयर बजार परिसूचक निरन्तर घटिरहेको थियो ।>
लिभर्टी इनर्जी कम्पनी, छ्याङदी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत र पिपुल्स पावर कम्पनीले आज सर्वाधिक नाफा कमाएका छन ।
>
त्यस्तै सर्वाधिक गुमाउनेमा आर्दश लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्था रहेका छन् ।>
त्यसैगरी हिमालयन डिस्टिलरी १३ करोड २७ लाख ७५ हजार ८ सय ६६ रूपैयाँ बराबरको सेयर कारोबारसहित शीर्ष स्थानमा रहेको छ । बुधबार बजार पूँजीकरण ३० खर्ब १ अर्ब रहेको छ ।
>>