मतदानको दिन बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा प्रतिबन्ध

Aadil Times 1+ समाचार ( )
३० कार्तिक २०७९

संसदीय निर्वाचनका दिन बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउने मोरङ प्रशासनले निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै ४ मंसिर बिहान ४ बजेदेखि साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा निषेध गरेको हो ।

यद्यपि, निर्वाचन आयोगबाट सवारीसाधन सञ्चालन सम्बन्धी जारी मापदण्ड अनुसारका अनुमति प्राप्त सवारीसाधनलाई भने सञ्चालनमा नरोक्ने कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

सूचनाको अवज्ञा गर्दै सञ्चालनमा आउने सवारीसाधन र सञ्चालकलाई आवश्यक कारबाही गर्ने प्रशासनले बताएको छ ।


प्रतिक्रिया