सेन्ट्रल मल्टिप्लेक्समा एकै दिन पठानको १० वटा शो :२३०० दर्शक प्री बुकिङको लाइनमा

Aadil Times 1+ समाचार ( )
शाहरुख खान चार वर्षपछि पठानसँग सिल्वर स्क्रिनमा...
७ माघ २०७९

बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ को अग्रीम बुकिङ सुरु भएको छ । विराटनगरको सेन्ट्रल मल्टिप्लेसले पठानको अग्रिम बुकिङ सुरु भइसकेको जनाएको छ । 

हरेक शोको बुकिङ द्रुत गतिमा भइरहेको छ । मल्टिप्लेक्सको आधिकारी वेबसाइटWWW.CENTRALMULTIPLEX.COM.NP मा गएर अग्रीम बुकिङ भइरहेको मल्टिप्लेक्सका म्यानेजर रमेश कुमार झाले बताए । 

टिकटको दर भने , सिल्भरको लागी २५० रुपैँया , गोल्डको ३०० रुपैयाँ र प्लाटिनम महाराजा क्लासको रु ५०० रुपैँया राखिएको झाले बताए । उक्त शो बुकिङ गरेमा इसेवाबाट रकम कट्टा हुने गरि सुविधा दिइएको छ । 

यस्तै उक्त शो , बिहानको समय ८ः४५ र ९ः४५ मा देखिनेमा रु १५० रुपैयाँ टिकट मात्र लाग्ने झाले बताए । यहि बुधबार देखी पठान चलचित्र घरहरुमा प्रदर्शनमा आँउदैछ । 

सेन्ट्रल मल्टिप्लेक्समा एकै दिन दुइवटा हलमा लगाएर १० बटा शो लाग्ने छ । २३०० जनाले एकैदिनमा हेर्न सकिने अधिक्त्म क्यापेशिटि भएको सेन्ट्रल मल्टिप्लेक्समा प्री बुकिङको लाइनमा रहेको बिराटनगरकै सुविधा सम्पन्न फिल्म हल हो ।

 फिल्म हिन्दीमा करिब ४५०० स्क्रिनमा रिलिज हुदैँछ भने तमिल र तेलुगु स्क्रिनसहित करिब ५००० स्क्रिनमा रिलिज हुदैछ । शाहरुख खान चार वर्षपछि पठानसँग सिल्वर स्क्रिनमा मुख्य भूमिकामा फर्कदैछन् ।

उनी पछिल्लो पटक २०१८ को फिल्म ‘जिरो’ मा देखिएका थिए । यो फिल्म बक्स अफिसमा फ्लप साबित भयो । यी चार वर्षमा उनले ’ब्रह्मास्त्र’, ’लाल सिंह चड्ढा’ र ’रकेटरी’ जस्ता फिल्महरूमा क्यामियो गरे। लिडको रूपमा, उनी पठानबाट कमब्याक गर्न लागेका छन्। फिल्मको बजेट करिब २५० करोड रहेको छ । फिल्मको मिडिया अधिकार करिब १०० करोडमा बिक्री भएको छ ।

फिल्मको ट्रेलरलाई दर्शकसँगै फिल्मकर्मीहरूले पनि रूचाएका छन् ।

प्रतिक्रिया