प्रचण्डको गोरखा क्षेत्र नं.२ मा निर्वाचन परिचालन कमिटी गठन

Aadil Times 1+ समाचार ( )
२० कार्तिक २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ मा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

निर्वाचन परिचालन समितिको प्रमुख कमाण्डरमा सुदीप नगरकोटीलाई तोकिएको हो । नगरकोटी वाईसीएलका केन्द्रीय सचिव समेत हुनुहुन्छ । उक्त क्षेत्रमा निर्वाचन परिचालन कमिटीको सहकमाण्डरमा धिरज उपरकोटीलाई तोकिएको छ ।

उपरकोटी पनि वाईसीएलका केन्द्रीय सदस्य तथा सहप्रवक्ता समेत हुनुहुन्छ ।


प्रतिक्रिया