वीर अस्पताल अगाडि उपचार सेवा माग्दै बिरामी र आफन्तले गरे प्रदर्शन

Aadil Times 1+ समाचार ( )
२८ माघ २०७९

चिकित्सकहरूको आन्दोलनका कारण मर्कामा परेको भन्दै बिरामी र उनीहरूका आफन्तले प्रदर्शन गरेका छन् ।

वीर लगायत विभिन्न अस्पतालमा  आज आकस्मिक बाहेकका सेवा ठप्प छन् । त्यसैको विरोधमा पीडित बिरामी र उनीहरूका आफन्तले प्रदर्शन गरेका हुन् । अहिले वीर अस्पताल बाहिर आन्दोलनको विरोधमा नाराबाजी भइरहेको छ ।

टाढा टाढाबाट उपचारका लागि बिरामीहरूले सेवा नपाउँदा आक्रोशित बनेका हुन् । राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि प्रहरीले हातपात गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको थियो ।

स्वास्थ्य मन्त्रालय घटनाप्रति दुःख व्यक्त गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरिसकेको छ । गंगालाल अस्पतालले आन्दोलनको अवज्ञा गर्दै बिरामीहरूलाई निरन्तर सेवा दिइरहेको छ ।

प्रतिक्रिया