तुलसी सहकारी ठगी प्रकरण : पहिला आकर्षक ब्याजको प्रलोभन , पछि कार्यालय बन्द गरेर फरार

Aadil Times 1+ समाचार ( )
२९ फाल्गुन २०७९

सोमबार जिल्ला प्रहरी कायालयले प्रेस मिट ग¥यो । जिप्रका मोरङले यस पनि प्रेस मिट गरेकै हो । हत्या , लुटपाट , एक्स्टर्सन लगायतको आरोपिहरुलाई पक्राउ गरि प्रत्रकार सम्मेलन नै जानकारी गराई जानकारी दिदै आएको प्रहरीले पछिल्लो समय बिराटनगरको बहुचर्चित तुलसी सहकारी ठगी प्रकरणका आरापिहरुलाई पक्राउ गरि सार्वजनिक गरेका छन् । 

के हो तुलसी सहकारी ठगी प्रकरण ? 

तुलसी सहकारी ठगी प्रकरण भनेको जनताको करौंडो रकम कसरी ठगि भयो भने एक बहुचर्चित प्रकरण हो । २०५२ साल चैत १३ गते सहकारी विभागमा ४१७–०५२–०५३ दर्ता नम्बरमा दर्ता भएका तुलसी सहकारीको विराटनगरमा मुख्य कार्यालय भई झापाको दमक, उदपयुरको गाईघाट र सिरहाको गोलबजारमा सेवा केन्द्र छ । 

तलसिले जनतालाई आकर्षित ब्याजदरको प्रलोभन देखाई समेत , जनताको करौंडो रकम हिनामिना गरेको आरोप छ । 

सहकारीले जम्मा गरेको अधिकांश रकम भने घर जग्गा जमिन , विभिन्न पसलहरु संचालनमा खर्चको देखिन्छ । गत फागुन १ गतेदेखि सहकारी संस्थाको कार्यालयहरु बन्द भए भने सञ्चालक फरार रहेका छन् । बाल बचत \ ज्येष्ठ नागरिक बचत \ भविष्य सुनिश्चित बचत \ सुपर पेन्सन बचत \ अवधी बचत \ कर्मचारी चल्ती बचत–विशेष बचत–साधारण बचत लगायतका खाताहरु सञ्चालन गरेर शेयर सदस्य हुँदा १५ प्रतिशतसम्म ब्याज, बोनस दिने आकर्षक योजनाका प्रलोभन देखाएर रकम ठगी गरेको जाहेरवालाले दिएको उजुरीमा उल्लेख गरिएको छ ।

हाल सम्म १२१ ज्नाको उजुरी : तिन जना पक्राउ

प्रहरीले प्रेस मिट गरिरहँदा जिल्ला प्रहरी कार्यालय मोरङमा भने , १२१ जनाको उजुरी दर्ता भए पछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । प्रहरीले थप बचतकर्ता ठगीमा परेको भए उजुरी दिन आह्वान गरेको छ । आह्वान गरिएसँगै सोमबारदेखि जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरीकर्ताको लाइन लागेको छ ।

सञ्चालकले योजनावद्ध तरिकाले ठुलो रकम हिनामिना गरेर बचतकर्तालाई ठगी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

अहिले विराटनगर–२ स्थित तुलसी बहुमुखी बहेउद्देश्यीय सहकारी संस्था लिमिटेडका आठजना विरुद्ध प्रहरीले ठगी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । नेपालभर कार्यक्षेत्र भई विराटनगरमा मुख्य कार्यलय भएको सहकारीले ठगी गरेको भन्दै १२१ बना बचतकर्ताले आइतबार जाहेरी दिएपछि प्रहरीले पक्राउ परेका तीनजनालाई सोमबार सार्वजानिक गरेको हो ।

प्रहरीले संस्थाका क्षेत्रीय प्रवन्धक विराटनगर–२ का मन्दिप खवास, उर्लाबारी नगरपालिका ६ घर भई संस्थाको उपाध्यक्ष अनिता गौतम र झापा भद्रपुर–१४ घर भई सहकारी संस्थाको सचिव सविना न्यौपानेलाई सार्वजानिक गरेको हो ।

सहकारीमा २१ हजार ७१३ जना सदस्य रहेको देखिएको छ । जसमध्ये चारहजार सदस्य विराटनगरमा रहेको मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिएका छन् । 


प्रतिक्रिया