साताको अन्तिम दिन सेयर २५ अंकले बढ्यो

Aadil Times 1+ समाचार ( )
१ मंगशिर २०७९

पछिल्लो समय उच्च उत्तारचढाव भईरहेको नेपाली सेयरबजारमा साताको अन्तिम दिन उछाल आएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २५ दशमलव ५७ अंकले बढ्दै १९ सय ३६ को विन्दुमा पुगेको हो ।

आज दिनभर कुल २ सय २३ कम्पनीका ४३ लाख ८४ हजार ४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ नाघेको छ ।

आज सिकलेस जलविद्युत कम्पनी र सयपत्री जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य १ सय ९९ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । यस्तै आज २२ कम्पनीको सेयरमूल्य भने ओरालो लागेको नेप्सेले जानकारी दिएको छ ।


प्रतिक्रिया