शेयर बजारमा ५७ अंकले वृद्धि

Aadil Times 1+ समाचार ( )
१४ पौष २०७९

साताको अन्तिम दिन पनि शेयर बजारमा उछाल जारी रह्यो ।

नयाँ सरकार गठनसँगै उकालो लागेको शेयर बजारमा बुधबार एक दिन सामान्य करेक्सन आएकोमा बिहीबार पुनः लयमा फर्किएको हो ।

उतार चढावबीच बजार परिसूचक नेप्से ५७ अंक बराबर अर्थात करिब ३ प्रतिशतले बढेर २ हजार २९ पुग्यो । सबै समूहमा हरियाली छाउँदा वित्त समुहमा सबैभन्दा उच्च ५ प्रतिशत हाराहारीमा वृद्धि आयो । अंकका आधारमा जीवन बीमा समूहमा सबैभन्दा उच्च ४ अंक बराबरको वृद्धि आयो ।

निर्जीवन बीमा समूह पनि साढें ३ सय अंक बराबरले बढ्यो । विकास बैंक, जलविद्युत, उत्पादनमूलक र लघुवित्त समूह पनि सय अंक बढीले बढे । बाँकी पनि अधिकांश समूह उच्च दोहोरो अंकले सुधारिए ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ५७ कम्पनीको ८० लाख कित्ता शेयर २ अर्ब ८६ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन २ सय ८ कम्पनीको मूल्य बढ्दा जम्मा ६ कम्पनीको घटेको पनि नेप्सेले जनाएको छ ।


प्रतिक्रिया