मन्त्री र प्रधानमन्त्रीहरूले निर्वाचन प्रचारमा जान अनुमति लिनुपर्छ:प्रमुख निर्वाचन आयुक्त

Aadil Times 1+ समाचार ( )
१६ कार्तिक २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्री र प्रधानमन्त्रीहरूले पनि निर्वाचन प्रचारमा जाँदा अनुमति लिनुपर्ने बताएका छन् । कानुन पालना गराउन आयोगले यस्तो व्यवस्था गरेको उनले बताए ।

प्रधानमन्त्री, मन्त्रीले अनुमति लिएर जानुपर्छ । कानुनको पालना गराउन खोजेको हो । स्रोत साधनको प्रयोग भए नभएको निगरानी गर्न,’ थपलियाले भने, ‘आयोगले निर्वाचनको लागि तोकेको खर्च सीमाभित्र भयो भएन भनेर हेर्न ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी कार्यक्रममा सहभागी हुनका लागि मंगलबार निर्वाचन आयोगसँग अनुमति मागेका थिए । सरकारी स्रोत साधनको प्रयोग नगरी चुनावी कार्यक्रममा सहभागी हुन आयोगले अनुमति दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार