नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा नतिजा आउने निश्चित भएको छ । २० ओभरको खेल सकिएसँगै खेलमा हार जित निश्चित भएको हो ।
>
डिएल मेथड अनुसार नेपालले ३ विकेट गुमाएको अवस्थामा जितका लागि २० ओभरमा ४७ रन बनाउनुपर्ने थियो । नेपालको स्कोर अहिले ६८ रन छ ।
>
अर्थात् नेपाल डिएल मेथडमा धेरै अगाडि भएकाले तत्काल वर्षा भएर खेल हुन सकेन भने नेपालले जित्ने छ ।>
सुरुमै तीन विकेट गुमाएर दबाबमा परेको नेपाललाई गुल्शन झाले माथि उकासेका हुन् । उनले ४ छक्कासहित ४६ रन बनाएर खेलिरहेका छन् ।
>>