नेपालले युएईलाई दियो २३० रनको लक्ष्य

Aadil Times 1+ समाचार ( )
२२ फाल्गुन २०७९

भिम सार्कीको दुई अर्धशतकीय साझेदारी प्रेरित नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईलाई २३० रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशलामा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रनको योगफल तयार पारेको छ ।

नेपालको ब्याटिङमा भिम सार्कीले सर्वाधिक ७० रनको योगदान गरे । उनले ९९ बलमा ७ चौका प्रहार गर्दा छैठौं र सातौं विकेटका लागि सन्दीप लामिछाने र आरिफ शेखसँग अर्धशतकीय साझेदारी गरे ।

सन्दीप २७ रनमा आउट हुँदा आरिफ ५६ बल खेल्दै २ चौका र एक छक्काको मद्दतमा ४३ रनमा अविजित रहे ।

ओपनर ज्ञानेन्द्र मल्ल ११ रनमा आउट हुँदा आरिफ शेख ६ रनमा पभेलियन फर्किए । कुशल मल्लले ३२ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३२ रन बनाएउँदै नेपालको इनिङ केहिबेर सम्हालेका थिए । प्रतिश जिसी ११ रनमा अविजित रहे ।

यूएईका जुनाइद सिद्दिकीले १० ओभरमा १ मेडन राख्दै ५३ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए ।

रोहन मुस्तफा र आर्यन लार्काले समान दुई विकेट लिँदा कात्तिक मियाप्पनले एक विकेट लिए ।

शिर्ष पाँचमा रहेर एकदिवसीय मान्यता जोगाउन नेपाललाई आजको खेलमा यूएईलाई पराजित गर्नुपर्ने दबाव छ ।

प्रतिक्रिया