दुई शुत्रीय माग राखी नागरिकता संङ्घर्ष समितिले आज देखि मेची-महाकाली अभियान सुरु गरेको छ ।
>
शुक्रबार नागरिकता विधेयक २०७९ तक्काल राष्टपतिबाट प्रमाणिकरण गर्नु पर्ने र संविधानमा भएको भाग, धारा १० , ११, उपधारा ३/५ छिटोभन्दा छिटो कार्यनयन हुनु पर्ने माग राखी शुक्रबारदेखि काकडभिट्टाको मेची पुलबाट मेची–महाकाली अभियान सुरु भएको हो ।
>
संघर्ष समितिले मेचीनगरमा बसोबास भएका नागरिकता विहीनहरुलाई एक्यवद्धता जनाउन आग्रह समेत गरेको छ ।
>
विगत दुई बर्ष देखि निरन्तर सडक आन्दोलन र विभिन्न सरोकारवाला निकायहरुलाई ज्ञापन पत्र बुझाउदै गर्दा पनि राज्यले गम्भीरतापूर्वक नलिएका कारण अभियान थालिएको संघर्ष समितिका अध्यक्ष साफीले बताए ।
>
उनले सो यस अभियानलाई वेवास्ता गरिए कठोर आन्दोन गर्ने बताए ।
>
>>