कोशी प्रदेश एमाले संसदीय दलको उपनेतामा राना मगर मनोनीत

Aadil Times 1+ समाचार ( )
२० वैशाख २०८०

नेकपा एमाले संसदीय दलको उपनेतामा रामबहादुर राना मगर मनोनीत भएका छन् । नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई उपनेतामा मनोनीत गरेका हुन् ।

यस्तै, सचेतकमा सृजना राई मनोनीत भएकी छिन् । उनीहरू दुवै जनालाई मुख्यमन्त्री कार्कीले बुधवार मनोनीत गरेका हुन् ।

राना मगर इलाम क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका थिए । राई समानुपातिकबाट सांसद बनेकी हुन् । गत फागुन १७ गते प्रदेशको नामकरण हुँदा राना मगर कोशी प्रदेशको प्रस्तावक थिए ।

त्यसपछि भएको पहिचानवादीहरूको आन्दोलनका कारण उनी आफ्नो निर्वाचन क्षेत्रमा जान सकेका छैनन् ।

नेकपा एमाले केन्द्रीय सदस्यसमेत रहेका रानाले प्रदेश नामकरणको विषयमा मुख्यमन्त्री नै दोषी भएको अभिव्यक्ति दिन थालेपछि मुख्यमन्त्री कार्कीले उनलाई उपनेताको जिम्मेवारी दिएका हुन् ।


प्रतिक्रिया