सरकारबाट बाहिरिने रास्वपाको निर्णय

Aadil Times 1+ समाचार ( )
२२ माघ २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ।

सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अडान लिएपछि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

स्रोतका अनुसार रास्वपालाई गृहमन्त्रालय पनि नदिने सन्देश प्रधानमन्त्री दाहालले दिएसँगै पार्टीले कठोर निर्णय गरेको हो ।

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सरकारबाट बाहिरिने निर्णय भएको हो । रविको नागरिकताको विषय टुंगिए पनि पासपोर्टको विषय टुंगिएको छैन ।

रविले गृहमन्त्रालयमै दाबी गरेर आफूलाई मन्त्री बनाउन दवाब दिएपछि प्रधानमन्त्री दाहालले रबिको पासपोर्टको विषय टुंगिएपछि र नागरिकताको विषयमा सर्वोच्च अदालतको पूर्ण पाठ आएपछि मात्रै मन्त्री बनाउने अडान राख्नु भएको थियो ।


प्रतिक्रिया